गोरखामा बन्दै गरेको पुल भत्किदा ३ कामदार घाइते

गोरखामा बन्दै गरेको पुल भत्किदा तीन जना कामदार घाइते भएका छन्।

मध्यपहाडी राजमार्ग अन्तर्गत गोरखाको पालुङटार र तनहुँ तुरतुरे जोड्ने मर्स्याङ्दी नदीमाथि निर्माण भइरहेको पुल मंगलबार राति भत्किदा पुलको ढलान गर्न छड कसिरहेका तीन जना कामदार घाइते भएका हुन् ।

घाइते मध्य दुई जना कामदारलाई स्थानीय मेडिकलमा र एक जनालाई उपचारका लागि काठमाडौं पठाइएको छ ।

गौरी-पार्वती निर्माण सेवाले बनाइरहेको ४३ मिटर लम्बाइको पुल राम्रोसँग जमिनमा नअडेका कारण ढलेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिएका छन् ।