काभ्रेपलाञ्चोकको चौंरीदेउराली गाउँपालिका-५ स्थित ढाँटखर्कमा बस दुर्घटना हुँदा ४४ जना घाइते भएका छन् ।
बुधबार बिहान रामेछापको गुराँसेबाट काठमाडौँतर्फ जाँदै गरेको बा४ख ७१०२ नम्बरको बस विपरित दिशाबाट आएको गाडीलाई साइड दिनका लागि ब्याक गर्ने क्रममा सडकदेखि २० मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते सबैको उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय देउरालीका प्रहरी निरीक्षक पवनकुमार झाले जानकारी दिएका छन् ।






