‘मिस वर्ल्ड ’ टोनी एन सिंह काठमाडौं अवतरण

‘मिस वर्ल्ड २०१९’ टोनी एन सिंह नेपाल आइपुगेकी छिन्। तीन दिने भ्रमणका लागि उनी बिहीबार बिहान काठमाडौं अवतरण गरेकी हुन् ।

तीन दिने भ्रमणका लागि नेपाल आएकी सिंहलाई मिस नेपाल २०१९ अनुष्का श्रेष्ठ लगायतले विमानस्थलमा स्वागत गरेका थिए ।

उनी सिन्धुपाल्चोकदेखि मकवानपुरसम्मको यात्रामा जाने छिन्। टोनी शुक्रबार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा निर्माणाधीन हिमालयन ग्रेट ट्रेल अवलोकनका लागि पुग्नेछिन्।

टोनीले हेलम्बुकै सुर्सिङमा रहेको मिस नेपाल अनुस्काको प्रोजेक्टसमेत अवलोकन गर्नेछिन्। त्यस्तै अघिल्लो वर्षकी मिस नेपाल श्रृखंला खतिवडाको प्रोजेक्ट अवलोकलन गर्न मकवानपुर पनि जाने कार्यक्रम रहेको छ।