समाचार

पत्रकारले दिए प्रहरीलाई सेनिटाइजर

चलचित्र पत्रकार संघ कास्कीले जिल्ला प्रहरी कार्यालय कास्कीलाई सेनिटाइजर सहयोग गरेको छ । विश्व्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि खटिएका नेपाल प्रहरी र ट्राफिकलाई सहयोगस्वरुप सेनिटाइजर वितरण गरिएको चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष अरुण गिरीले जानकारी दिए । गिरी सहित संघका सह—सचिव सन्तोष बस्याल, सदस्य प्रेम थापा, सदस्य आशिष पुरीको सहभागितामा ८ लिटर सेनिटाइजर वितरण गरिएको हो । प्राप्त सेनिटाइजरलाई ट्राफिक प्रहरी, बैदाम प्रहरी र जिल्ला… पुरा पढौ

तेजनारायणले दिए १ महिनाको पेन्सन

कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई तेजनारायण अधिकारीले एक महिनाको पेन्सन प्रदान गर्ने भएका छन् । अधिकारी सेवा निवृत्त संघ नेपालका उपाध्यक्ष र पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्षसमेत हुन् । उनले पेन्सन वापत एक महिनाको २० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् । देशले संकटको सामना गरिरहेका बेला आफनो तर्फबाट सक्दो सहयोग गरौ भन्ने भावनाले रकम दिने बताए । नेपाल सरकारले कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रण… पुरा पढौ

क्वारेन्टाइन र आइसोलेसन बेड बनाउँदै पोखरा महानगर

पोखरा महानगरले कोरोना संक्रमण आए प्रयोगका लागि क्वारेन्टाइन बनाएको छ । महानगरले बनाउन लागेको सय बेडको क्वारेन्टाइनमध्ये ५० बेड मंगलबार नै तयार भएको छ । नदिपुरमा पद्यम नसिङ होमको स्वामित्वमा रहेको पुरानो बुद्ध हस्पिटलामा ५० बेडको क्वारेन्टाइन तयार भएको छ । बुधबार थप ५० बेडको क्वारेन्टाइन र ५० बेड आइसोलेसन तयार हुने मेयरका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले जानकारी दिए । महानगरले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि उपप्रमुख मञ्जुदेवी गुरुङको… पुरा पढौ

सांसद कलिलाले दिइन् पत्रकारलाई मास्क

प्रतिनिधि सभा सदस्य कलिला खानले नेपाल पत्रकार महासंघलाई १ सय थान मास्क उपलब्ध गराएकी छिन् । नेकपा नेतृसमेत रहेक िखानले मंगलबार पत्रकार महासंघ तनहँुका अध्यक्ष ओमकार आर्चायलाई मास्क हस्तान्तरण गरेकी हुन् । पत्रकारमा सुचना संकलन गर्ने क्रममा विश्वभरी महामारीको रूपमा फैलीएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणको जोखीम उच्च रहने भन्दै महासंघ मार्फत पत्रकारहरूलाई माक्स वितरण गरीएको सांसद खानले बताईन् । महासंघका अध्यक्ष आर्चायले सरकारले समेत सेल्फ क्वारेन्टाईनमा बस्नका लागी… पुरा पढौ

मुस्ताङ ःलक – डाउन अवधिमा आपत्कालिन सेवा,रमेशले बुझाए सिडिओलाई जिपको चाँवी

हालै उत्पन्न नोवल कोरोना – कोभिड–१९ ) को महामारीलाई मध्यनजर गर्दै नेपाल सरकारले आज बुधबार देखि मुलकभर एक साताका लागि लक डाउन गरेको छ । लक डाउनसंगै अहिले देश ठप्प छ ,जनता त्रासमा छन् । सरकारले कोरोना नफैलियोस् भन्ने उद्देश्यले लक डाउन गरेको हो । यस अवधिभर मुलुकभर चल्ने सार्वजनिक तथा निजी यातायातका साधन चलाउन नपाईने उल्लेख गरेको छ । सरकारले दैनिक अतिआवश्यकीय सेवा बाहेक अन्य प्रयोजनमा सवारी चलाउन बन्देज… पुरा पढौ

कोरोना संक्रमित युवतीसँगै आएका २ युवालाई ज्वरो

कोरोना भाइरस संक्रमित युवतीसँगै फ्रान्सबाट चैत ४ मा नेपाल आएका २ युवक उदयपुरमा छन् । उनीहरुलाई ज्वरो आएको छ । कतार एयरवेजको फ्लाइट नम्बर ६५० बाट आएकी युवतीलाई कोरोना संक्रमण भएको पुष्टि भइसकेको छ । उनीहरु काठमाडौंबाट उदयपुर आएर क्वारेन्टाइनमा नबसी घरको काम गरिरहेका छन। यसबारे विभिन्न निकायमा जानकारी भइसकेको बताइएको छ । बेलका नगरपालिकाका ती दुई युवालाई ‘होम क्वारेनटाइन’ मा राख्ने तयारी थालिएको प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले बताए। पुरा पढौ

घरभाडा ५० प्रतिशत छुट

पोखरा न्युरोडको एस एण्ड एस कम्प्लेक्स र महेन्द्रपुल नोभा कम्प्लेक्सको घरभाडामा छुट हुने भएको छ । घरभेटी सबी सेरचनले चैतको घरभाडामा ५० प्रतिशत छुट दिइने जानकारी दिइन् । कोरोना भाइरसका कारण विश्वव्यापी महासंकट सिर्जना हुँदा केही राहत होस् भनी यस्तो निर्णय गरेको उनले बताइन् । देश नै लकडाउन भएपछि उद्योगी, व्यवसायीले घरभाडा र बैंकको व्याज र किस्तामा छुट माग गरिरहेका छन् । पछिल्लो समय कोरोना भाइरसका कारण सम्पूर्ण देश नै… पुरा पढौ

कोरोना त्रास ः धमाधम घर फर्किए मुस्ताङी

विश्वभर महामाारीका रुपमा फैलिदै गएको नोवल कोरोना भाईरस ( कोभिड–१९ ) रोग संक्रमण रोग देखि भयभीत हुदै जिल्ला बाहिर बस्ने मुस्ताङीहरु गृह जिल्ला फर्कन थालेका छन् । पछिल्लो समय दक्षिणको छिमेकी देश भारतमा समेत यस रोगको महामारी फैलिएकाले महामारीबाट बच्न मुस्ताङीहरु धमाधम काठमान्डौं पोखरा,बुटवल र भेरहवा लगायतका स्थानबाट पूख्यौलीथलो फर्किएका छन् । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउपालिका–१ चराङका तेन्जिङ गुरुङ हाल काठमान्डौ स्वम्भु बस्छन् । उनी सोमबार आफना १४ जना गुम्बाका… पुरा पढौ

कोरोनाले बित्यास !

विश्वका १ सय १४ भन्दा बढी देशहरुमा हाल देखिएको माहामारी कोभिड–१९ नोवल कोरोना भाईरसको संम्भावित संक्रमणबाट सुरक्षित रहन नेपाल सरकारले आज बुधबार देखि शिङ्गो मुलुक लकडाउन गरेको छ । सरकारले देश लक डाउन गरेसंगै सर्वसाधरण घरभित्रै सुरक्षित क्वारेन्टाईनमा बस्ने अवस्था आएको हो । कोरोनाले विश्वभर १४ हजार बढीको ज्यान गईसकेको छ ,भने छिमेकी देश भारतमा समेत यसको प्रभाव बढेको छ । नेपालमा पनि हालसम्म २ जना कोरोना संक्रमित भएको पुष्टि… पुरा पढौ

लक डाउन मुक्तिनाथ मन्दिर किन खुल्ला ?

विश्वभर महामारीको रुपमा फैलिएको नोवल कोरोना भाईरस (कोभिड–१९¬) संक्रमण फैलिने अवस्थालाई मध्यनजर गरी मुक्तिनाथ विकास समितिले सोमबार देखि लागु गरेको मुक्तिनाथ मन्दिर लक डाउन निर्णय मन्दिरकै पुजारी र आनी झुमाका कारण उल्लंघन भएको पाईएको छ । आईतबार बसेको मुक्तिनाथ विकास समितिको आकस्मिक बैठकले सोमबार देखि लागु हुने गरी मुक्तिनाथ मन्दिर पूर्ण रुपमा प्रबेश गर्न रोक लगाईने निर्णय गरेको थियो ।तर , उक्त निर्णय पहिलो दिनमै कार्यान्वयनमा नआई फितलो बनेको हो… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं