समाचार

कोरोना रोकथाम कोषमा एकताको १ लाख

पोखरा १४ चाउथेमा रहेको एकता बचत तथा ऋण सहकारी संस्थाले गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोरोना रोकथाम तथा व्यवस्थापन कोषमा आर्थिक सहयोग गरेको छ । सहकारीले उक्त कोषमा १ लाख १ हजार १ सय ११ रुपैंयाँ सहयोग गरेको हो । आइतबार गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङलाई सहकारीका अध्यक्ष बालकृष्ण काउछा मगर, उपाध्या नवराज सुवेदी, सचिव सुदर्शन पौडेलले चेक हस्तान्तरण गरेका हुन् । कोरोना रोकथाम तथा व्यवस्थापन कोषमा सहकारीले सहयोग… पुरा पढौ

प्रदेशसभा सदस्य पियारीलाई मातृशोक

गण्डकीकी प्रदेशसभा सदस्य पियारी थापालाई मातृशोक परेको छ । राष्ट्रिय जनमोर्चाकी केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सभा सदस्य उनकी आमा कुमारी थापाको ५१ वर्षको उमेरमा शनिबार निधन भएको हो । गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ शोक विज्ञप्ति प्रकाशित गरी दिवङ्गत आत्माप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारमा समवेदना प्रकट गरेका छन् । यसैबीच, बागलुङ समाज पोखराले पनि आजीवन सदस्य तथा प्रदेशसभा सदस्य थापालाई मातृशोक परेकोमा दुःख व्यक्त गरेको छ । समाजका अध्यक्ष सुनिल… पुरा पढौ

कास्कीको माछापुच्छेमा वृद्ध मृत फेला

कास्कीको माछापुच्छे«े गाउँपालिका १ चित्रेस्वाराको ठाडोखोलामा वृद्धको शव फेला परेको छ । शनिबार बिहान करिब साढे १० बजे परिचय नखुलेका करिब ६० वर्षका वृद्धको शव फेला परेको प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पुरा पढौ

सहकारीले दियो महानगरलाई इलेक्ट्रिक स्पे

पोखराको पस्र्याङमा रहेको शिव शिखर कृषि सहकारी संस्थाले पोखरा महानगरलाई इलेक्ट्रिक स्पे ट्यांक हस्तान्तरण गरेको छ । पोखरा महानगरले कोरोना रोकथाम र कोरोना भाइसरको संक्रमण न्यूनीकरण गर्न महानगरले थालेको अभियानलाई सघाउन संस्थाले १० वटा इलेक्ट्रिक स्पे हस्तान्तरण गरेको हो । सहकारीका मेनेजर सुशील बानियाले पोखरा महानगरपालिकाका प्रमुख मानबहाुदर जिसीलाई शनिबार हस्तान्तरण गरेका हुन् । एक घण्टा चार्ज गरेपछि १० घण्टासम्म उक्त स्पेले काम गर्ने बानियाले बताए । कोरोनाको संक्रमण फैलिन… पुरा पढौ

पोखरा ४ मा खाद्यान्न वितरण सहज बनाइने

पोखरा महानगरपालिका वडा नम्बर ४ मा लकडाउनको समयमा वडाबासीलाई दैनिक उपभोग्य बस्तु खाद्यान्न लगायतलाई सहज रुपमा उपलब्ध गराउन वडाले पहल थालेको छ । वडा नम्बर ४ का वडा अध्यक्ष शंकर बास्तोलाको अध्यक्षतमा शनिबार बसेको बैठकले वडा नम्बर ४ मा रहेका खाद्य स्टोर्सहरु गोपालजी, विनायक, मुनाल, सेलवेज र पोखरा ग्रोसरी स्टोर्समा समन्वय गरी वडावासीलाई सहज रुपमा खाद्यान्न उपलब्ध गराउने निर्णय गरेको हो । भारत तथा तेस्रो मुलुकबाट आएकाहरुको विवरण संकलन गर्नका… पुरा पढौ

विपन्नलाई साबुन वितरण

पोखरा महानगरपालिका वडा नम्बर ९ बसपार्कस्थित कृष्ण टोल विकास संस्थामा आवद्ध विपन्न समुदायका २ सय घर परिवारलाई साबुन वितरण गरिएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिनको लागि सरसफाइमा टोलबासीलाई सचेत बनाउन साबुन वितरण गरिएको कृष्ण टोल विकास संस्थाका अध्यक्ष दुर्गा गुरुङले जानकारी दिए । उक्त टोलमा साबुन वितरण गर्न पोखराको लेकसाइडमा रहेको हाम्रो सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले उपलब्ध गराएको हो । कृष्ण टोल विकास… पुरा पढौ

मुस्ताङमा कोरोना कमाण्ड पोष्ट गठन

मुस्ताङमा (कोभिड–१९) कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणकार्यलाई थप तिब्रता दिलाउन जिल्ला स्तरीय कोरोना कमाण्ड पोष्ट गठन भएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय मुस्ताङमा बसेका विभिन्न सरोकारवाला निकायको बैठकले हाल विश्वप्यापी फैलिएको कोरोना रोकथाम ,नियन्त्रण र यसको उचित व्यवस्थापन गर्न जिल्ला स्तरीय कमाण्ड पोष्ट गठन भएको हो । प्रमुख जिल्ला अधिकारी वेदप्रकास अर्यालको अध्यक्षतामा बसेको बैठकले कोरोना प्रतिकार्यका लागि कमाण्ड पोष्ट गरेको हो । कमाण्ड पोष्टको सदस्यमा जिल्ला सुरक्षा समितिका… पुरा पढौ

डेढ महिनाको सुविधा रकम कोरोना कोषलाई

गण्डकी प्रदेश सभा सदस्य कृष्णबहादुर थापाले गण्डकी प्रदेश सरकारले हालै स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आफ्नो महिनाको सुविधा बराबरको रकम प्रदान गर्ने भएका छन् । उनले शुक्रबार साँझ समाजिक सञ्जालमार्फत गण्डकी प्रदेशले सथापना गरेको सो कोषमा उक्त सहयोग गर्ने घोषणा गरेका हुन् । ‘कोरोना भाइरस बन्दुकको गोलि होइनन्m डराई हाल्नुपर्ने १होसियारी अपनाउनैपर्छ ।, लकडाउन पालना गरौ मैले दुई दिन अगाडी गरेको निर्णय प्रदेश सरकारलाइ पूर्ण… पुरा पढौ

मुस्ताङको लेतेमा अलपत्र पर्यटकलाई सांसदले दिए बस्न फ्री

नोवल कोरोना भाईरस (कोभिड–१९) नियन्त्रण तथा रोकथामका लागि सरकारले लगाएको लकडाउनका कारण मुस्ताङको लेतेमा अलपत्र परेका केही पर्यटकलाई मुस्ताङका संघीय सांसद प्रेमप्रसाद तुलाचनले बस्न फ्रीको सहुलियत दिएका छन् । राउण्ड अन्नपूर्ण पदयात्रा गर्दै बुधबार मुस्ताङको लेते पुगेका पर्यटक पथप्रर्दशकसहित १५ जना पर्यटकलाई अर्को व्यवस्था नभएसम्म बस्न फ्री उपलब्ध गराएको लजका प्रोपाईटर अमित तुलाचनले जानकारी दिए । मुस्ताङको थासाङ–४ लेते स्थित सियु लजमा अलपत्र परेका जर्मनका ६ जना , मेस्सिकोका १… पुरा पढौ

बेलायतका प्रधानमन्त्रीलाई कोरोना संक्रमण

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना संक्रमण भएको छ । केही मिनेटअघि आफ्नो ट्विटरमा भिडियो पोस्ट गर्दै उनले आफूलाई कोभिड १९ पोजेटिभ भएको उनले जनाएका छन् । उनले आफूलाई २४ घन्टादेखि खोजी र केही ज्वरो आएकाले परीक्षण गर्दा आफूलाई कोरोना पोजेटिभ देखिएको उनले लेखेका छन् । उनले आफू सेल्फ आइसोलेसनमा रहेको र घरैबाट काम गरिरहेको जनाएका छन् । उनले देशको तर्फबाट कोरोनासँग मुकाविला गरिरहने जनाएका छन् । बेलायतमा अहिलेसम्म ११ हजार… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं