बाइवल पढे कोरोना भाइरस लाग्दैन र लागे पनि निको हुन्छ भन्दै प्रर्थना गराँउदै गरेको अवस्थामा सुनसरीको बेलवारी १० बलुवाहीस्थित कुण्डलीबारी चर्चमा भेला भएका व्यक्तिलाई सशस्त्र प्रहरी वल वेस क्याम्प लक्ष्मीमार्गको टोलीले पक्राउ गरेको छ ।
शनिबार साँझ गस्ती गर्ने क्रममा चर्चमा बिस जना भन्दा बढी भेला भएर वाइवल पढिरहेको अवस्थामा भेटिएका थिए । उनीहरु प्रहरीलाई देखे पछि भागेका थिए । तर केहीलाई भने सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।
बेलवारी १० मा रहेका गोपाल राजवंशीले आफ्नै घरमा उनीहरुलाई भेला पारेर प्रार्थना गराएका थिए । उनीहरुलाई सम्झाएर छाडिएको छ ।






