समाचार

लोघेकरमा आपतकालिन सेवा, व्यवसायी घ्याङ तेन्जिङले दिए वडालाई जीप

उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउपालिकामा निःशुल्क आपतकालिन यातायात सेवा संञ्चालनमा ल्याएको छ । विश्वमै फैलिएको नोवल कोरोना भाईरस ( कोभिड–१९ ) संक्रमण रोकथाम तथा नियन्त्रण भन्दै सरकारले एकसाता अघि देखि मुलुकभर गरेको लक डाउनले सर्वसाधारण समस्यामा परेपछि लोघेकर–३ बस्ने यातायात व्यवसायी घ्याङ तेन्जिङ गुरुङले वडा अध्यक्ष सम्तेन धावा गुरुङलाई आफ्नो निजी जीप हस्तान्तरण गरेका हुन्। लक डाउन अवधिमा दैनिक अतिआवश्यकी सेवा बाहेक सबै सेवा तथा निकाय बन्द भएकाले आफ्नो जीप… पुरा पढौ

राहत कोषमा मासबार आमा समूहको सहयोग

पोखरा महानगरपालिकाले अति विपन्न र दैनिक ज्यालादारी गरी जीवन निर्वाह गरेकाहरुलाई राहत वितरण गर्न स्थापना गरेको राहत कोषमा पोखरा ७ मासबारको मासबार आमा समूहले आर्थिक सहयोग गरेको छ । समूहका अध्यक्ष टीकादेवी अधिकारी र सचिव शारदा गिरीले मंगलबार एक विज्ञप्ति जारी गरी महानगरको राहत कोषमा ११ हजार १ सय ११ सहयोग गरेको जानकारी दिएका हुन् । संस्थाले आफ्नो २५ औं वर्षको अवसरमा उक्त रकम राहत कोषमा सहयोग गरेको हो ।… पुरा पढौ

मुस्ताङीलाई गाउ फर्काउन सकिन ःसांसद बिष्ट

उपल्लो मुस्ताङबाट निर्वाचित प्रदशेसभा सदस्य माननीय ईन्द्रधारा बिष्ट गण्डकी प्रदेशका एक सांसद हुन् । सांसद अघि उपल्लो मुस्ताङको समृद्धि र विकासका लागि समर्पित रहदै आएका बिष्ट उपल्लो मुस्ताङका एक होनाहार जन हस्ती पनि हुन् । उनले सांसद हुनुपूर्व १६ वटा युवा क्लवको अगुवाई गथ्र्ये र त्याहाका युवालाई प्रोत्साहन र उर्जा भर्ने काम गथ्र्ये। स्थानीय खेलकुदको विकास तथा सामाजिक र सास्कृतिक उत्थानमा उनको योगदान उपल्लो मुस्ताङका लागि अतुलनीयनै छ तिनै उपल्लो… पुरा पढौ

अस्ट्रेलियाका विद्यार्थीलाई सघाउन नेपाली परामर्शदाताको अपिल

नेपाल र अष्ट्रेलियामा नेपाली विद्यार्थी समुदायका लागि शिक्षा परामर्शका पाँचवटा छाता संगठनको सामूहिक प्रतिनिधि (इक्यान, आइरिन, फेकोन, नायर र एका)ले प्रेस विज्ञप्ति जारी गरी अस्ट्रेलियाको शिक्षा प्रदायकहरू, सरकारी एजेन्सीहरू र सम्बन्धित सरोकारवालाहरुलाई कोरोना भाइरसको यो डरलाग्दो घडीमा अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरूलाई सहयोग र समर्थन गर्न आग्रह गरेका छ्न। “अष्ट्रेलिया सरकारले स्थानीय व्यापार र नागरिकहरूको लागि केही उद्धार प्याकेज घोषणा गरेको छ। यद्यपि त्यहाँ धेरै अन्तर्राष्ट्रिय विद्यार्थीहरू छन् जसका लागि तत्काल… पुरा पढौ

युएईमा ६ नेपाली संक्रमित

संयुक्त अरब इमिरेट्स (युएई)मा थप २ नेपालीमा कोरोना संक्रमण भएको छ। युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयका अनुसार यसअघि ४ नेपालीलाई कोरोना संक्रमण भएकोमा दुई जना निको भएका छन् भने २ उपचाररत छन्। युएईस्थित नेपाली दूतावासका अनुसार आइसोलेसनमा उपचाररत नेपालीको अवस्था स्थिर छ। पुरा पढौ

गण्डकीको राहत कोषमा युनाइटेडको १ लाख

युनाइटेड क्लब पोखराले गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ लाख रुपैयाँ प्रदान गरेको छ । चीनबाट सुरु भएको कोरोना भइरसको संक्रमण नेपालमा पनि देखिन थालेसंगै नेपाल सरकार संगै गण्डकी प्रदेश सरकारले समेत यसेको रोकथाम, नियन्त्रण तथा उपचारका लागी कोष स्थापना गरेको र उक्त कोषमा क्लवको तर्फबाट १ लाख रुपैया जम्मा गरिएको हो । सोमबार मुख्यमन्त्री कार्यालयमा क्लबका अध्यक्ष लालकाजी गुरुङ, निवर्तमान अध्यक्ष सुकबहादुर… पुरा पढौ

इजरायली प्रधानमन्त्रीलाई कोरोना

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु आइसोलेसनमा बसेका छन् । उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै उनी आइसोलेसनमा बस्ने भएका हुन् । इजरायलमा अहिलेसम्म कोरोना भाइरसबाट साढे ४ हजार संक्रमित भएका छन् भने १५ जनाको ज्यान गएको छ । पुरा पढौ

माछा मार्न जाँदा खोलामा बेपत्ता

सोमबार राति माछा मार्न गएका एक व्यक्तिलाई खोलाले बगाएको छ । पर्वतको मोदी गाउँपालिका २ सिमखेतको मोदी खोलामा माछा मार्ने क्रममा सोही गाउँपालिका वडा नं ६ गिज्याङका दीपक खड्का बेपत्ता भएका हुन् । ३६ वर्षका खड्कालाई अचानक खोलाले बगाएको र करिब ५० मितर तल उनले लगाएको कपडा भेटिएको उनीसँगै माछा मार्न गएका साथी गणेश केसीले जानकारी दिएको प्रहरीले जनाएको छ । बेपत्ताको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीलेजानकारी दिए… पुरा पढौ

महिलाको मृत्यु, उपचार गर्ने डाक्टर क्वारेन्टाइनमा

दार्जिलिङमा कोरोना सङ्क्रमित १ महिलाको मृत्यु भएको छ। कोरोनाबाट कालेबुङ निवासी ४५ वर्षीया महिलाको सोमबार बिहान मृत्यु भएको हो। चैत १५ गते कोरोना पुष्टि भएकी उनको उत्तर बंगाल मेडिकल कलेज एवं हस्पिटलमा उपचारको क्रममा ज्यान गएको हो । उनी १३ चैतमा अस्पतालमा भर्ना भएकी थिइन् । अहिले ती महिलाका परिवारका सदस्य र उनका सम्पर्कमा आउने १४ जनालाई क्वारेन्टाइनमा राखिएको छ। उनको स्वास्थ्य जाँच गर्ने २ डाक्टर पनि होम क्वारेन्टाइनमा छन्। पुरा पढौ

१ महिनाको शुल्क मिनाहा गर्न बोर्डिङ स्कुललाई निर्देशन

नेपाल सरकारले निजी विद्यालयहरुलाई १ महिनाको शुल्क छुट दिन निर्देशन दिएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले माध्यमिक तहसम्मका निजी स्कुलहरुले १ महिनाको शुल्क छुट दिनुपर्ने निर्णय गरेको हो। बोर्डिङहरुले आवासबाहेक अरु सबै प्रकारको शुल्क छुट दिनुपर्ने निर्णय भएको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं