धार्मिक तथा पर्यटकीय हिमालपारीको जिल्ला मुस्ताङको विभिन्न गाउमा स्थानीयले डिसईन्फेक्सन किटनाशक औषधि छर्किएका छन् । पछिल्लो समय विश्वमै माहामारीको रुपमा फैलिएको नोवल कोरोना भाईरस ( कोभिड–१९) रोकथाम तथा नियन्त्रण गर्न स्थानीयले किटनाशक औषधि छरेको बताएका छन् ।
मंगलबार घरपझोङ गाउपालिका–३ स्थित व्यस्त रहने पुथाङ एअरपोर्ट बजारका गाउसमाज अभियान्ताले एअरपोर्ट बजार र विमानस्थलमा वरपर डिसईन्फेक्सन किटनाश औषधि छर्किएको पर्यटन व्यवसायी सकबहादुर लालचनले जानकारी दिए । उनले व्यवसायीको होटल ,घर ,पसल ,सरकारी कार्यालय र सार्वजनिक स्थलमा औषिधि छर्किएको बताए । स्याउ लगायतका अन्नवालीमा किटाणु नियन्त्रण गर्न प्रयोग गरिने औषधिलाई अहिले उनीहरुले भाईरस रोक्न प्रयोग गरेको होटल ताजका प्रोपाईटर योगेश शेरचनले जानकारी दिए । उनले किटनाशक औषधिले भाईरस नियन्त्रण गर्ने बताईएकाले औषधि छर्ने काम भएको सुनाए ।
सरकारले स्थानीय निकायहरुलाई किटनाशक औषधि छर्न सुझाएपनि आफुहरुले निजी श्रोेत साधन लगायतका सामाग्री जुटाएर कोरोनो नियन्त्रण तथा किटाणु नष्ट गर्न औषधि छर्किएको स्थानीयले पर्यटन व्यवसायी बताए ।
घरपझोङ–२ मार्फामा पनि स्थानीयले डिसईन्फेक्सन किटनाशक औषधि छर्किएका छन् । उनीहरुले मार्फाको पुरानो गाउ लगायत सार्वजनिक स्थलमा किटनाशक औषधि छर्किएका थिए । मुस्ताङको घासा स्थित एक्याप चेकपोष्ट र क्वारेन्टाईन भवनमा किटनाशक औषधि छर्किए को वडाअध्यक्ष विशाल शेरचनले जानकारी दिए ।
मुस्ताङमा देश विदेशीबाट आउने मुस्ताङीलाई कोरोना भाईरसबाट जोगिनका लागि मुस्ताङका पालिकाले क्वारेन्टाईन स्थापना गरेका छन् । जिल्लाका ५ वटै तह गरेर ७२ सिट क्षमताको क्वारेन्टाईन कक्ष स्थापना भएको बताए ।जोमसोम अस्पतालमा ४ बेड ,लेते प्राथमिक उपचार केन्द्र लगायत गरी १० बेडको आईसोलेसन कक्ष निर्माण भएको जिल्ला स्वास्थ्य प्रमुख टिकाराम भण्डारीले जानकारी दिए ।





