राहतको विवरण संकलनमै झडप

वीरगञ्जमा लकडाउनमा विपन्न परिवारलाई राहत वितरणका लागि लगत संकलन गर्ने क्रममा झडप भएको छ ।

वीरगन्ज महानगरपालिका १९ विन्दवासनीमा २ समूहबीच झडप हुँदा १२ जना घाइते भएका छन् । घाइतेहरुको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

राहतका लागि महानगरपालिकाले वडालाई १ लाख २५ हजार रुपैयाँ पठाएको थियो। वडा अध्यक्ष सन्तोष तिवारीको अध्यक्षतामा सर्वदलीय राहत वितरण समिति गठनका लागि बनाइ लाभग्राही पहिचानका क्रममा बुधबार झडप भएको हो ।