बुधबार बिहान म्याग्दीको मंगलबार ४ पाखुरेमा प्रेसर कुकर पड्किँदा वृद्धा घाइते भएकी छिन् ।
बिहान ८ बजेतिर दाल पकाउँदा कुकर पड्किएर ७२ वर्षकी जसोधा खड्का घाइते भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उपचारका लागि बेनी अस्पताल म्याग्दीमा ल्याईएकोमा उनलाई थप उपचारका लागि पोखराको गण्डकी अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ ।






