कोरोना कोषमा पूर्वराजाको २ करोड

पूर्वराजा ज्ञानेन्द्र शाहले सरकारले बनाएको कोरोना उपचार कोषमा २ करोड रुपैयाँ जम्मा गर्ने भएका छन् ।

मंगलबार विज्ञप्ति निकालेर उनले आफ्नो तर्फबाट हिमानी कोषलाई रू २ करोड दिई नेपाल सरकारको ‘कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोषमा दाखिला गरिने जानकारी दिए । शाहले लकडाउनलाई बाध्यात्मक कदम भन्दै यसको पालना गर्न पनि आग्रह गरेका छन् ।