समाचार

जर्मनीमा अर्थमन्त्रीले गरे आत्महत्या

जर्मनीका एक मन्त्रीले आत्महत्या गरेका छन् । कोरोना भाइरसका कारण सिर्जित आर्थिक संकटबीच जर्मनीको हेसे राज्यका अर्थमन्त्री थोमस स्याफरले शनिबार आत्महत्याको बाटो रोजेका हुन् ।  मन्त्री स्याफरको शव जर्मनीको फ्र्याङफर्ट र मान्जबीचमा पर्ने होचेमको तीव्र गतिमा चल्ने रेलको लिकमा शनिबार भेटिएको थियो । कोरोना भाइरसको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरूले शव रेलको लिकमा देखे पनि उनी अर्थमन्त्री स्याफर हुन् भन्ने सुरुमा पहिचान गर्न सकेनन् ।  मृत्यु हुनुअघि उनले आत्महत्या नोटसमेत लेखेको अनुसन्धानमा… पुरा पढौ

विपन्नलाई खाद्यान्नका लागि विशेष पहल

पोखरा वडा नंं. १७ ले कोरोना भाइरसको सन्त्रासको मुकाबिला गर्न विभिन्न निर्णय गरेको छ । आइतबार भएको कोरोना भाइरस रोकथाम तथा न्यूनीकरणसम्बन्धी वडास्तरीय समन्वय समिति तथा जनप्रतिनिधिको संयुक्त बैठकले वडावासीलाई लकडाउन पूर्ण पालना गर्दै अत्यावश्यक वस्तु र सेवाको प्रबन्ध मिलाइएको जनाएको छ । वडाले दैनिक ज्यालादारीमा जीवन निर्वाह गर्ने, अपांग, अनाथहरुलाई खाद्यान्न आपूर्तिका लागि विशेष पहल गर्ने निर्णय गरेको छ । उनीहरुसम्म संघीय सरकार, प्रदेश, महानगरले गर्ने सहयोग आइपुग्ने समय… पुरा पढौ

मुस्ताङमै छैन माक्स

जोमसोम– हिमाली जिल्ला मुस्ताङमा मास्कको हाहाकार देखिएको छ । जिल्लामा मास्क अभाव भएसंगै मुस्ताङका सर्वसाधारणले माक्स प्रयोग गर्न बञ्चित भएका हुन् । विश्वभर कोरोना त्रास बढेको र मुलुक लक डाउन भएकाले जिल्लामा सर्जिकल मास्कको अभाव भएको हो । स्थानीयले सर्जिकल माक्स किन्न नपाएपछि कतिपयले बैकल्पिक मास्क प्रयोग गर्न बाध्य भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय ,अस्पताल ,स्थानीय तहका स्वास्थ्य शाखा र स्वास्थ्य ईकाईहरुमा समेत माक्सको अभाव देखिएको हो स्थानीय तहका… पुरा पढौ

मुस्ताङ ः लकडाउन अफर खेलकुद

जोमसोम–विश्वलाई आतंकित तुल्याएको नोवल कोरोना भाईरस ( कोभिड–१९) रोकथाम तथा नियन्त्रण गर्न सरकारले मुलुक डाउन गरेको छ । लक डाउन अघि सरकारले कोरोनाकै कारण शैक्षिक संस्था बन्द ग¥यो ।अहिले मुस्ताङका ५५ वटा सामुदायिक विद्यालय बन्द छन् । सरकारले मुलुकभर सर्वसाधारणलाई घर बाहिर निस्कन निषेध गरेपनि मुस्ताङ सदरमुकाम जोमसोममा स्कुले वालवालिका भने खेलकुदमा रमाउन थालेका छन् । जोमसोम गुम्बाको प्राङ्गणमा स्कुले वालवालिका फुटबल खेलेर दिन कटाउन थालेका हुन् । घरभित्र बस्दा… पुरा पढौ

आइसोलेसनमा बसेका इन्जिनियर पन्तको निधन

लण्डनमा बस्ने इन्जिनियर केदार पन्तको शनिबार निधन भएको छ। ६३ वर्षीय पन्त निर्माण गैरआवासीय नेपाली संघ युकेका सल्लाहकार थिए । लण्डनर्कै घरमा अस्वस्थ महसुस गरेपछि शनिबार उनलाई अस्पताल लगिएको थियो। अस्पतालम चिकित्सकले उनलाई अस्पतालमै मृत घोषित गरे। कोरोनाको आशंकामा पन्त विगत १० दिनदेखि घरमै आइसोलेसनमा बसेर काम गर्दै आएका थिए। पन्त मृत्युको कारण ह्रदयघात वा कोरोना के हो भन्ने थाहा पाउन तीन दिन पर्खनु पर्नेछ। नेपालको घर लम्जुङ भएका पन्तलाई… पुरा पढौ

महानगरले ग¥यो ३० सडक बालबालिकाको उद्धार

पोखरा महानगरपालिकाले कास्की प्रहरीको सहयोगमा पोखरामा क्षेत्रमा रहेका ३० सडक बालबालिकालाई उद्धार गरेको छ । कोरोना भाइसर संक्रमणको उच्च जोखिममा सडक बालबालिका रहेकोले उनीहरुलाई त्यसबाट जोगाउन र संक्रमणलाई फैलिन नदिनको लागि कास्की प्रहरीको सहयोगमा महानगरले उद्धार गरेको हो । शनिबार उद्धार गरी उनीहरुलाई अन्नपूर्ण गाउँपालिकास्थित लेबाडेमा रहेको चिल्डे«न नेपालको भवनमा राखिएको छ । महानगरपालिका प्रमुख मानबहादु जिसी, उपप्रमुख मञ्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत धुव्रकुमार पोखरेलसहितको टोली लेबाडे नै पुगेर उनीहरुलाई… पुरा पढौ

पोखराका ४ वडामा विदेशबाट आएका ६१ सेल्फ क्वारिन्टाइनमा

पोखरा महानगरपालिका वडा न. २७ विदेशबाट आएका १३ जना आफ्नै घरमा क्वारिन्टाइनमा बसेका छन । विदेशबाट आएकाको वडा कार्यालयले तथ्यांक संकलन गरी उनिहरुलाई आफ्नै घरमा सुरक्षित पूर्वक बस्न आग्रह गरिएको र सो को अनुगमन गरिएको वडाध्यक्ष पुर्णकुमार गुरुङ्गले जानकारी दिए । वडाध्यक्ष गुरुङ्गले वडाको बडहरे गन्धर्व टोलमा भारतबाट आएका ४ जना, कालीगण्डकी विद्युतको सव स्टेशन नजिक खाडी मुलुकबाट आएका एक जना, कोलेफाँट टोलमा खाडीबाटै आएका १ जना, भित्री डाँडाको नाकमै… पुरा पढौ

माटोले पुरिदा १ जनाको मृत्यु

आइतबार दिउसो लमजुङमा माटोले पुरिँदा १ को ज्यान गएको छ । दिउसो २ बजेतिर दोर्दी गाउँपालिका ९ टक्सारमा स्थाममा घर बनाउनको लागि ढुङगा निकाल्ने क्रममा माटोको ढिस्कोले पुरिँदा गमबहादुर विकको मृत्यु भएको हो । अन्दाजी ४५ वर्षका विकलाई उद्दार गरी जिल्ला सामुदायिक अस्पताल बेशीशहर लमजुङ पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। पुरा पढौ

बाइवल पढे कोरोना लाग्दैन भन्नेहरु पक्राउ

बाइवल पढे कोरोना भाइरस लाग्दैन र लागे पनि निको हुन्छ भन्दै प्रर्थना गराँउदै गरेको अवस्थामा सुनसरीको बेलवारी १० बलुवाहीस्थित कुण्डलीबारी चर्चमा भेला भएका व्यक्तिलाई सशस्त्र प्रहरी वल वेस क्याम्प लक्ष्मीमार्गको टोलीले पक्राउ गरेको छ । शनिबार साँझ गस्ती गर्ने क्रममा चर्चमा बिस जना भन्दा बढी भेला भएर वाइवल पढिरहेको अवस्थामा भेटिएका थिए । उनीहरु प्रहरीलाई देखे पछि भागेका थिए । तर केहीलाई भने सशस्त्र प्रहरीले पक्राउ गरेको छ । बेलवारी… पुरा पढौ

लकडाउनमा खाद्यान्न आपूर्ति सहज बनाइने

पोखरा महानगरपालिकाले गठन गरेको खाद्यान्न तथा स्थानीय व्यवस्थापन समितिका संयोजक लेखबहादुर तामाङ (दर्शन लामा) को अध्यक्षतमा बसेको बैठकले खाद्यान्न लगायत आवश्यक दैनिक उपभोग्य बस्तुलाई सहज बनाउने निर्णय गरेको छ । वडा नम्बर १० देखि १६ र २० नम्बर वडामा समन्वय गर्ने जिम्मेवारी पाएको उक्त समितिको बैठकले कोरोना नियन्त्रण र रोकथामको लागि ती वडामा विदेशबाट आएकाहरुको विवरण संकलन गरी महानगरापालिकामा पठाउने निर्णय पनि गरेको संयोजक लामाले जानकारी दिए । उनका अनुसार… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं