माछा मार्न जाँदा खोलामा बेपत्ता

सोमबार राति माछा मार्न गएका एक व्यक्तिलाई खोलाले बगाएको छ । पर्वतको मोदी गाउँपालिका २ सिमखेतको मोदी खोलामा माछा मार्ने क्रममा सोही गाउँपालिका वडा नं ६ गिज्याङका दीपक खड्का बेपत्ता भएका हुन् ।

३६ वर्षका खड्कालाई अचानक खोलाले बगाएको र करिब ५० मितर तल उनले लगाएको कपडा भेटिएको उनीसँगै माछा मार्न गएका साथी गणेश केसीले जानकारी दिएको प्रहरीले जनाएको छ ।

बेपत्ताको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीलेजानकारी दिए ।

file pix