दार्जिलिङमा कोरोना सङ्क्रमित १ महिलाको मृत्यु भएको छ। कोरोनाबाट कालेबुङ निवासी ४५ वर्षीया महिलाको सोमबार बिहान मृत्यु भएको हो।
चैत १५ गते कोरोना पुष्टि भएकी उनको उत्तर बंगाल मेडिकल कलेज एवं हस्पिटलमा उपचारको क्रममा ज्यान गएको हो । उनी १३ चैतमा अस्पतालमा भर्ना भएकी थिइन् ।
अहिले ती महिलाका परिवारका सदस्य र उनका सम्पर्कमा आउने १४ जनालाई क्वारेन्टाइनमा राखिएको छ। उनको स्वास्थ्य जाँच गर्ने २ डाक्टर पनि होम क्वारेन्टाइनमा छन्।




