युएईमा ६ नेपाली संक्रमित

संयुक्त अरब इमिरेट्स (युएई)मा थप २ नेपालीमा कोरोना संक्रमण भएको छ।

युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयका अनुसार यसअघि ४ नेपालीलाई कोरोना संक्रमण भएकोमा दुई जना निको भएका छन् भने २ उपचाररत छन्।

युएईस्थित नेपाली दूतावासका अनुसार आइसोलेसनमा उपचाररत नेपालीको अवस्था स्थिर छ।