युनाइटेड क्लब पोखराले गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ लाख रुपैयाँ प्रदान गरेको छ ।
चीनबाट सुरु भएको कोरोना भइरसको संक्रमण नेपालमा पनि देखिन थालेसंगै नेपाल सरकार संगै गण्डकी प्रदेश सरकारले समेत यसेको रोकथाम, नियन्त्रण तथा उपचारका लागी कोष स्थापना गरेको र उक्त कोषमा क्लवको तर्फबाट १ लाख रुपैया जम्मा गरिएको हो ।
सोमबार मुख्यमन्त्री कार्यालयमा क्लबका अध्यक्ष लालकाजी गुरुङ, निवर्तमान अध्यक्ष सुकबहादुर गुरुङ र क्लबका प्रथम उपाध्यक्ष राजु श्रेष्ठले गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुव्वा गुरुङलाई सो रकमको चेक हस्तान्तरण गरेका हुन् ।
क्लबका अध्यक्ष गुरुङले युनाईटेड क्लवले स्थापना कालदेखि नै शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागी चिडियाखाना निर्माण, सेती नदी संरक्षण र सौर्य वत्ती जडानमा काम गर्दै आइरहेको भएताखपनि अघिल्लो वर्षदेखि छुट्टै विपद ब्यवस्थापन कोष स्थापना गरेको बताए । उनले सोही कोष अन्तर्गत कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सहयोग गरेको उल्लेख गरे ।
क्लबले तिहारमा देउसीभैलो खेली संकलन भएको रकमलाई विपत ब्यवस्थापन कोषमा जम्मा गर्दै आइरहेको आएको छ । यसअघि धनगडीमा हावाहुरीबाट क्षती भएका परिवारलाई युनाईटेड क्लबले नगद ७५ हजार सहयोग गरेको क्लबका निवर्तमान अध्यक्ष सुकबहादुर गुरुङले बताए ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले युनाइटेड क्लबले गरेको सामाजिक काम पोखरामा नै उत्कृष्ट रहेको बताए । उनले विपद्का बेला विभिन्न संघ सस्था, क्लव, आमा समुह, युवा समूहले उदाहरणीय काम गरिरहेको उल्लेख गरे । उनले प्रदेश सरकारले राष्ट्रिय वाणिज्य बैङ्कमा स्थापना गरेको कोरोना भाइरस रोकथाम आपतकालीन कोषको खाता नम्बर ३०२००१८८३०१ मा सहयोग रकम जम्मा गर्नसमेत इच्छुकलाई आग्रह गरे ।






