१ महिनाको शुल्क मिनाहा गर्न बोर्डिङ स्कुललाई निर्देशन

नेपाल सरकारले निजी विद्यालयहरुलाई १ महिनाको शुल्क छुट दिन निर्देशन दिएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले माध्यमिक तहसम्मका निजी स्कुलहरुले १ महिनाको शुल्क छुट दिनुपर्ने निर्णय गरेको हो। बोर्डिङहरुले आवासबाहेक अरु सबै प्रकारको शुल्क छुट दिनुपर्ने निर्णय भएको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए ।