हाल विश्व प्यापी माहामारीको रुपमा फैलिदै गएको नोवल कोरोना भाईरस ( कोभिड–१९ ) रोकथाम तथा नियन्त्रण गर्न जिल्ल्ला प्रशासन कार्यालय मुस्ताङले जारी गरेको सूचना र अनुरोधलाई मुस्ताङका ४ पालिकाले अटेर गरेका छन् । तर वारागुङ मुक्तिक्षेत्रले भने आजै विवरण प्रशासनलाई बुझाएको जनाईएको छ ।
स्थानीय प्रशासनले विदेशबाट १५ दिन अघि गृह जिल्ला मुस्ताङ फर्किएका व्यक्तिको विवरण स्थानीय तहसंग माग गरेको थियो । तर वारागुङ मुक्तिक्षेत्र आजै विवरण बुझाएको हो । यस बाहेक अरु पालिकाले विवरण नबुझाएको मुस्ताङ प्रशासनले जनाएको छ ।
प्रशासनले दिएको विवरण मागको समय अवधि आज मंगलबार सकिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रकास अर्यालले जानकारी दिए । पछिल्लो समय नेपालमा पनि नोवल कोरोना भाईरसको संक्रमण उच्चरहेको जनाउदै सरकारले यसको रोकथाम तथा नियन्त्रण गर्न मुलुक पुरै लक डाउन गरेको थियो । लक डाउनलाई मध्यजनर गर्दै स्थानीय प्रशासनले आईतबार ३ दिन भित्र विदेशीबाट फर्किएकाको नामावली विवरण माग गरी कोरोना भाईरस नियन्त्रणमा सहयोग पु¥याउन आग्रह गरेको थियो ।
यस्तै ,स्थानीय प्रशासनले कोरोनाबाट पीडित मजदुरको विवरण संकलन गर्न समेत पालिकाहरुलाई एक साताको समय दिएको छ । पालिकाले मजदुरको विवरण बुझाउने समय बाकी रहेपनि विदेशबाट फर्किएका विवरण नआईपुगेको प्रजिअ अर्यालले बताए
विश्वभर फैलिएको कोरोना भाईरसको संक्रमण डरलाई लिएर विदेशबाट मुस्ताङ फर्किनेको सख्या धेरै रहेकोले प्रशासनले पालिकालाई विवरण माग गरेको हो । प्रजिअ अर्यालले विवरण हेरेर विदेशबाट फर्किएका व्यक्तिको निगरानी र क्वारेन्टाईन ,होम क्वारेन्टाईन व्यवस्थापन गर्न सजिलो हुने जानकारी दिए । कोरोना रोकथामका लागि स्थानीय प्रशासनले गरेको पहललाई ४ स्थानीय तहले असहयोग गरेको उनले बताए ।




