लण्डनमा बस्ने इन्जिनियर केदार पन्तको शनिबार निधन भएको छ। ६३ वर्षीय पन्त निर्माण गैरआवासीय नेपाली संघ युकेका सल्लाहकार थिए ।
लण्डनर्कै घरमा अस्वस्थ महसुस गरेपछि शनिबार उनलाई अस्पताल लगिएको थियो। अस्पतालम चिकित्सकले उनलाई अस्पतालमै मृत घोषित गरे।
कोरोनाको आशंकामा पन्त विगत १० दिनदेखि घरमै आइसोलेसनमा बसेर काम गर्दै आएका थिए। पन्त मृत्युको कारण ह्रदयघात वा कोरोना के हो भन्ने थाहा पाउन तीन दिन पर्खनु पर्नेछ। नेपालको घर लम्जुङ भएका पन्तलाई र्मिगौलासम्बन्धी समस्या पनि थियो।
उनी श्रीमती र एक छोरा छन् । उनीहरु पनि लन्डनमै छन् ।




