चैत्र १२ गते २०७६

ताजा समाचार

चैत्र १२ गते २०७६

विश्वचर्चित नाटककारको कोरोनाबाट मृत्यु



अमेरिकाका चर्चित नाटककार टेरेन्स मेक्नलीको कोरोना भाइरस संक्रमणबाट मृत्यु छ । उनी ८१ वर्षका थिए ।

उनले तीन दर्जनभन्दा बढी नाटक लेखेका छन् । मेक्नलीले टोनी पुरस्कार ४ पटक जितेका थिए । क्यान्सरबाट समेट पीडित मेक्नलीको फ्लोरिडामा ज्यान गएको हो ।

बुधबार बिहानसम्म अमेरिकामा कोरोनाबाट ७ सय ८२ जनाको मृत्यु भइसकेको छ भने ५४ हजार ८ सय ४७ जना संक्रमित छन् ।