चैत्र ११ गते २०७६

ताजा समाचार

चैत्र ११ गते २०७६

पत्रकारले दिए प्रहरीलाई सेनिटाइजर



चलचित्र पत्रकार संघ कास्कीले जिल्ला प्रहरी कार्यालय कास्कीलाई सेनिटाइजर सहयोग गरेको छ ।

विश्व्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि खटिएका नेपाल प्रहरी र ट्राफिकलाई सहयोगस्वरुप सेनिटाइजर वितरण गरिएको चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष अरुण गिरीले जानकारी दिए ।

गिरी सहित संघका सह—सचिव सन्तोष बस्याल, सदस्य प्रेम थापा, सदस्य आशिष पुरीको सहभागितामा ८ लिटर सेनिटाइजर वितरण गरिएको हो । प्राप्त सेनिटाइजरलाई ट्राफिक प्रहरी, बैदाम प्रहरी र जिल्ला प्रहरी कार्यालयमै प्रयोग गरिने प्रवत्ता राजकुमार केसीले बताए ।

चलचित्र पत्रकार संघ कास्कीले सह्रानिय काम गरेको बताउँदै प्रवत्ता केसीले महामारीको रुपमा फैलिएको कोरोनाका रोकथामका लागि सेनिटाइजर प्रयोग आफुहरुले आवश्यकमात्र गर्ने बताए ।

सेनिटाइजर होममेड सेनिटाइजर फार्मेसिस्ट शान्ती उदासको प्रशिक्षणको आधारमा तयार गरिएको गिरीले बताए । चलचित्र पत्रकार संघले मनोरञ्जनात्मक कार्यक्रमलाई मात्र ध्यानमा नराखी सामाजका हरेक गतिविधिमा सहयोग गर्ने गिरीको प्रतिबद्धता थियो ।