चैत्र ११ गते २०७६

ताजा समाचार

चैत्र ११ गते २०७६

क्वारेन्टाइन र आइसोलेसन बेड बनाउँदै पोखरा महानगर



पोखरा महानगरले कोरोना संक्रमण आए प्रयोगका लागि क्वारेन्टाइन बनाएको छ । महानगरले बनाउन लागेको सय बेडको क्वारेन्टाइनमध्ये ५० बेड मंगलबार नै तयार भएको छ ।

नदिपुरमा पद्यम नसिङ होमको स्वामित्वमा रहेको पुरानो बुद्ध हस्पिटलामा ५० बेडको क्वारेन्टाइन तयार भएको छ । बुधबार थप ५० बेडको क्वारेन्टाइन र ५० बेड आइसोलेसन तयार हुने मेयरका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले जानकारी दिए ।

महानगरले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि उपप्रमुख मञ्जुदेवी गुरुङको संयोजकत्वमा समिति गठन गरेको थियो । महानगर प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा मंगलबार विहान बसेको बैठकले समिति गठन गरेको हो ।

पोखरा महानगरपालिकाले पोखरा ८ जाल्पारोडमा रहेको लेक सिटि हस्पिटल एण्ड क्रिटिकल केयर प्रालिमा ५० बेड आइसोलेसन र ५० बेड क्वारेन्टाइन बनाउने तयारी छ ।