अस्पतालको चर्पीबाट भागे थुनुवा

कास्की कारागारमापुर्पक्षका लागि थुनामा रहेका प्रीतिमान तामाङ पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट भागेका छन् । बालविवाह र जबरजस्ती करणी मुद्दामापुर्पक्षका लागि थुनामा रहेका २२ वर्षीय तामाङलाई बिहीबार अस्पताल लगिएको थियो ।

तामाङलाई बुधबारदेखि पिसाब रोकिने समस्या भएको थियो । चेकजाँचपछि औषधी खुवाउन उनलाई अस्पतालको क्याटिनमा लगिएको थियो । दिउँसो साढे ३ बजे दिसा गर्नचर्पी छिरेका तामाङ झ्यालबाट भागेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता इन्सपेक्टर नरहरि अधिकारीले जानकारी दिए ।

गत माघ २ गते कास्की जिल्ला अदालतले तामाङलाईपुर्पक्षका लागिकारागार चलन गरेको थियो । तामाङ भागेपछि खोजतलास अघि बढाइएको छ । कास्कीबाट बाहिर निस्कने सबै नाका र तामाङले कारागारमा बस्दा सम्पर्क गर्ने सबै व्यक्तिमाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ । २ प्रहरीको जिम्मामा तामाङलाई उपचारका लागि अस्पताल पठाइएको थियो ।