मुक्तिनाथबाट फर्किदा बाइकबाट खसेर ज्यान गयो

मुक्तिनाथ दर्शन गरी फर्किने क्रममा मोटरसाइकलबाट खसेर एक जनाएको मृत्यु भएको छ । मुक्तिनाथबाट फर्किने क्रममा बुधबार थासाङको ३ धम्पु मेलकुनामा ग ९ प ४६०६ नम्बरको मोटरसाइकलमा पछाडि सबार बसेर तनहँुको घिरिङ ४ का २८ वर्षीय जितबहादुर रानाभाटको मृत्यु भएको हो ।

एउटै मोटरसाइकलमा ३ जनाले यात्रा गर्दै दुर्घटना भएको प्रहरीले जनाएको छ । उनीहरुले मापसेसमेत गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङले रानाभाटका २ साथीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ ।