दाङको तुलसीपुर बसपार्कमा पार्किङ गरी राखिएको बसमा आगजनी गरिएको छ।
३ महिनादेखि पार्किङ गरी राखिएको बसमा अज्ञात समूहले आगजनी गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्रडमर पालले जानकारी दिएका छन् ।
उनका अनुसार तुलसीपुर उपमहानगरपालिका–५ निवासी सुमन कार्कीको ना४ख ७१८८ नं को बसमा बुधबार राति आगजनी भएको हो ।
आगलागीबाट बस जलेर नष्ट भएको छ । गाडीमा लागाइएको आगो प्रहरीले बुधबार राति पौने १२ बजे नियन्त्रणमा लिएको थियो ।
आगो कस्ले र किन लगायो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।






