समाचार

सतुंगलबाट ८ लाख मास्क बरामद

सतुंगलबाट ८ लाख ४९ हजार ६ सय थान मास्कसहित दुई व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ । कालोबजारीको सूचनाका आधारमा छापा मार्दा सोमबार बिहान प्रहरीले विष्णुदेवी विन्दवासिनीस्थित एक घरबाट १ सय ७७ बोरा मास्क बरामद गरेको हो। महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले आरडी सप्लायर्सका सञ्चालक सुरज गोयल र उनका साझेदार सुवास महेश्वरीलाई पक्राउ गरेको छ । कोरोना भाइरसको नाममा देशभित्र कालोबजारी बढेपछि प्रशासन र प्रहरीले धमाधम छापा मार्न थालेको हो… पुरा पढौ

मदिरा शेवनबाट मृत्यु भएका परिवारलाई ३-३लाख दिने

धनुषामा घरेलु मदिरा पिउँदा मृत्यु भएका परिवारलाई प्रदेश सरकारले ३-३ लाख राहतस्वरुप प्रदान गर्ने भएको छ । मुख्यमन्त्री लालबावु राउतले घरेलु मदिराको कारण सवैभन्दा बढी मृत्यु भएका क्षिरेश्वरनाथ नगरपालिकाको रम्दैया गाउँमा आज विहान पुगेर पीडित परिवारलाई समवेद्ना प्रकट गर्दै सो राहत रकम प्रदान गर्ने घोषणा गरेका हुन् । सो अवसरमा उनले विषाक्त मदिरा विक्री वितरण तथा उत्पादन गर्नेलाई कानूनको दायरामा ल्याउने स्पष्ट पार्दै प्रदेशलाई चाडै ‘खुल्ला मदिरामुक्त प्रदेश’ घोषणा गर्ने… पुरा पढौ

बाँदरको परिवार नियोजन गर्न माग

बाँदर पीडित किसानले हलो, जुवा, दाँते र कोदालोसहित विरोध ¥यालीमा उत्रेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका किसानले बाँदर नियन्त्रणको भरपर्दो उपाय खोजी गर्न आइतबार यहाँ ती कृषि औजार सहित ¥याली प्रदर्शन गरेका हुन् । ‘सबै किसान एक हौँ, बाँदरको समस्या समाधान गर, हाम्रो माग पुरा गर, राष्ट्रको सान किसानको सम्मान’ भन्ने नारासमेत लगाएका थिए । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित हुलाकडाँडाबाट शुरु भएको विरोध ¥याली त्रिवेणीचोक हुँदै नगरपालिका… पुरा पढौ

घरपझोङमा क्षमता विकास कार्यशाला

राष्ट्रि«य प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्र्तगत मुस्ताङको घरपझोङ–४ जोमसोममा आईतबार देखि ३ दिने क्षमता विकास कार्यशाला सुरु भएको छ । स्थानीय तहका जनप्रतिनिधि तथा शिक्षा संम्वद्ध पदाधिकारीहरुको क्षमता अभिबृद्धि कार्यशाला संञ्चालन गरिएको जनाईएको छ । घरपझोङ गाउपालिकाको आयोजना तथा अमेरिकी सहयोगी संस्था युएसएआईडीको आर्थिक तथा प्राविधिक सहयोगमा संञ्चालित क्षमता विकास कार्यशालामा घरपझोङमा रहेका विद्यालयहरुले सहभागीता जनाएका छन् । ३ दिने कार्यशालामा राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमका नीति ,रणनीति कार्यक्रम र… पुरा पढौ

सञ्जीवको नेतृत्वमा लेखक संघ कास्की

नेपाली लेखक संघ कास्कीको चौथो अधिवेशनले सञ्जीव पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । ३ वर्षे कार्यकालका लागि संघको उपाध्यक्षमा रीता अधिकारी, सचिवमा कमल पौडेल (अथक), सहसचिवमा सञ्जय न्यौपाने, कोषाध्यक्षमा मेघनाथ आचार्य निर्वाचित भए । समितिका सदस्यहरूमा भरत पोखरेल(अञ्जान), शिवराम पौडेल (जुपिटर), श्रीराम अधिकारी र नगेन सिंह छन् । अधिवेशनका लागि भीमनाथ बरालको संयोजकत्वमा वासुदेव पौडेल र इशा शाह सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो । अधिवेशनको… पुरा पढौ

असिनाले चुटेर १० वर्षीय बालकको मृत्यु

अर्घाखाँचीको शितगङ्गा नगरपालिकामा एक १० वर्षीय बालकको असिनापानीले चुटेर मृत्यु भएको छ । नगरपालिका–१२ रजिया रातामाटाका १० वर्षीय विकास नेपालीको गएराति परेको असिनापानीले चुटेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताएका छन् । सुस्त मनस्थितिका नेपाली हिजो दिउँसो रजियाको रातामाटाको घरबाट हिँडेको र डोहोटेको कुँडुले जङ्गलमा बाटोको कुनामा मृत भेटिएका हुन् । बाक्लो असिनाले चुटेरनै बालकको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धान छ । घटनाबारे अनुसन्धान… पुरा पढौ

मनाङलाई छैटौं पटक आहा रारा गोल्ड कप

पेनाल्टी सुटआउटमा नेपाल पुलिस एक पटक अभागी हुदाँ मनाङ मस्र्याङ्दी क्लवले पोखरामा शनिबार सम्पन्न आहा ! रारा गोल्डकपको छैटौ पटक उचाल्दै किर्तिमान बनाएको छ । पुलिससँगै ५ पटक जितेको मनाङ मस्र्याङ्दी क्लवले छैटौं पटक उपाधि उचाल्दै इतिहास लेखाउँदा पुलिसले उपविजेतामा चित्त बुझायो । पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा विभागिय टिम नेपाल पुलिस क्लवलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै मनाङले उपाधि जितेको हो । ५ वर्ष पछि फाइनलमा भेट… पुरा पढौ

हिमेश पन्त बने कमेडी च्याम्पियन

रियालिटी सो कमेडी च्याम्पियनका विजेता हिमेश पन्त बनेका छन् । शनिबार भएको ग्राण्ड फिनालेमा उनले सुनम कोइराला र खड्गबहादुर पुनलाई पछि पार्दै पहिलो सिजनको उपाधि हासिल गरेका हुन् । उनले २५ लाख नगदका साथै कार पाएका छन् । अन्य आकर्षक गिफ्ट ह्याम्पर समेत प्राप्त गरेका छन् । पुरा पढौ

यसपालि पनि भेटिए कास्कीमा डेंगुका बिरामी

कास्कीमा डंगुका २ बिरामी फेला परेका छन् । मौसम परिवर्तनसँगै यसपालिको जनवरीदेखि मार्चभित्र देशका विभिन्न भागमा ३६ जना डेंगुका बिरामी भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । यो अवधिमा गण्डकी प्रदेशमा डेंगुका ५ बिरामी फेला परेका छन् । गोरखा १, म्याग्दी १ र नवलपरासी सुस्ता पूर्वमा १ बिरामी फेला परेको जनाइएको छ । प्रदेश १ मा ६ जना, बाग्मतीमा ९, प्रदेश ५ मा १४ र सुदुरपश्चिममा २ जनामा… पुरा पढौ

विमानस्थल कोरोना हेल्थ डेस्कलाई काँग्रेस भाृतसंगठनको उपकरण सहयोग

नेपाली काँग्रेसको भातृसंगठन नेपाल तरुण दल र नेपाल बिद्यार्थी संघ मुस्ताङले शनिवार जोमसोम विमानस्थलमा संञ्चालन भएको कोरोना हेल्थ हेस्कलाई जरो नाप्ने उपकरण सहयोग गरेको छ । विश्वका १ सय २४ भन्दा बढी राष्ट्रमा फैलिएको नोवल कोरोना – कोभिड –१९ ) संक्रमण जिल्लामा प्रवेश गर्न नपाओस भन्ने उद्देश्यले संञ्चालन गरिएको हेल्थ डेस्कलाई करिव १३ हजार मुल्य बराबरको जरो नाप्ने डिजिटल थर्मोमिटर सहयोग गरिएको हो । जिल्ला प्रशासन कार्यालयको अगुवाईमा भएको हेल्थ… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं