भैरहवाको युनिभर्सल मेडिकल कलेजमा उपचारार्थ बिरामीको मृत्युपछि तनाव उत्पन्न भएको छ ।
सोमबार हस्पिटलमा दाँतको उपचारका लागि आएकी यमकुमारी पुनको मृत्युपछि आक्रोशित बनेका आफन्तले डाक्टरमाथि नै आक्रमण गरेका हुन् ।
बुढामगरेको मृत्युपछि आक्रोशित बनेका आफन्तले अस्पतालले लापरबाही गरेको आरोप लगाउँदै उपचारमा संलग्न डाक्टरलाई सोही कक्षमा प्रवेश गरेर कुटपिट गरेका थिए । उनलाई कुटपिट गरिसकेपछि बाहिर आएर अस्पतालका अन्य डाक्टरमाथि आक्रमण गर्दा २० जनाभन्दा बढी डाक्टरहरु घाइते भएका छन् ।
अहिले जिल्ला प्रहरी कार्यालयबाट ७० जना सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा डीएसपी खड्कबहादुर खत्री जानकारी दिएका छन् ।






