नेपालबाट भारत जाने बस बन्द

कोरोना भाइरसको जोखिम न्यूनकरणका लागि सरकारले नेपाल भारत बस सेवा बन्द गरेको छ ।

अहिले नेपालको एक दर्जनभन्दा बढी ठाउँबाट भारतका विभिन्न शहरमा सार्वजनिक बस चल्छन् ।

नेपाल भारतमैत्री बस सेवा २०७१ सालबाट सुरु भएको थियो। अहिले नेपालसँगै भारतबाट पनि बस सेवा सञ्चालन हुँदै आएको छ।

अहिले नेपालको सुनौली, महेन्द्रनगर, नेपालगञ्ज, रक्सौला, जनकपुर र काकरभित्ता नाका हुँदै नेपाल भारतमैत्री बस सेवा सञ्चालन हुँदै आएको छ। नेपाल भारत बस सेवा पोखरा,काठमाडौं,बाग्लुङ, पाल्ला, दाङ बुटवल महाकाली बोर्डर र जनकपुरलगायतको गन्तन्यबाट बस सेवा सञ्चालन भइरहेको छ।