समाचार

जग्गा खरिदका लागि बोलाएर लुटियो ९ लाख

पूर्वी चितवनको खैरहनी नगरपालिकामा दुई जनाको ९ लाख लुटिएको छ। गुल्मीको सत्यवर्ती गाउँपालिका –६ का ३१ वर्षीय नारायण घर्ती र ३० वर्षीय पदम घर्ती शुक्रबार लुटिएका हुन् । उनीहरुलाई खैरहनी नगरपालिकामा जग्गा खरिद गरिदिने भन्दै अनिल राई नामका व्यक्तिले बोलाएको र भनेअनुसारको स्थानमा पुग्दाँ राईले पैसा भएको झोला लिएर मोटरसाइकलमा भागेको पीडितले जनाएका छन् । घटनाको बिषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ । पुरा पढौ

३ वर्षीया छोरीसहित बाबु झुण्डिएको अवस्थामा फेला

तनहुँको व्यास नगरपालिका–१४ बेलभञ्ज्याङमा तीन वर्षीया छोरीसहित बाबु एउटै पासोमा झुण्डिएको अवस्थामा  मृत फेला परेका छन्। घरको दलिनमा सारीको पासोमा २५ वर्षीय पुनम परियार र तीन वर्षीया पूजा परियार बिहीबार मृत अवस्थामा फेला परेका हुन्। श्रीमतीको सारीको पासो बनाइ तीन वर्षीया छोरीलाई काखमा लिएर पुनमले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी चौकी छाब्दीका प्रहरी सहायक निरीक्षक राजु न्यौपानेले जानकारी दिए। 'बाबुको मानसिक सन्तुलन ठीक नरहेको र श्रीमतीसहित छोरीलाई पासो लगाएर… पुरा पढौ

मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। भीमदत्त नगरपालिका–२ भाँसीदेखि ब्रह्मदेव बजार जोड्ने लिंक रोडमा बिहिवार राति म १ प ९५८५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा मृत्यु हुनेमा भीमदत्त नगरपालिका–७ का सुरज धामी र दिनेश चन्द रहेका छन् । मृत्यु हुनेहरु दुवै एउटै मोटरसाइकलमा सवार थिए वा पैदल यात्रीलाई ठक्कर दिइएको थियो भन्ने बारे घटनाका थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पुरा पढौ

बलात्कार आरोपी अनेरास्ववियुका नेता राईलाई आठ वर्ष कैद

काठमाडौं जिल्ला अदालतले नेपाल कम्युनिस्ट पार्टी अनेरास्ववियुका केन्द्रीय सदस्य इन्द्रहाङ राईलाई साढे आठ वर्ष कैद र क्षतिपूर्ति तिर्नुपर्नेगरी बिहीबार सजाय ठहर गरेको छ । जिल्ला न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले पीडितको अभियोग दाबी पुग्ने भन्दै राईलाई साढे ८ वर्ष कैद र पीडित युवतीका लागि १ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति समेत तिर्नुपर्ने सजाय सुनाएको हो। गत कात्तिकमा आफूमाथि जबर्जस्तीकरणी गरेको भन्दै युवतीले बौद्ध प्रहरीमा जाहेरी दर्ता गरेपछि राईलाई प्रहरीले नियन्त्रणमा लिएको… पुरा पढौ

अर्काको नाममा ट्रायल दिने २ पक्राउ

ट्राफिक प्रहरीले अर्काको नाममा सवारी अनुमतिपत्र (लाइसेन्स)को ट्रायल दिने दुई नक्कली प्रशिक्षार्थीलाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले नेपाल ड्राइभिङ सेन्टर चाबहिलबाट बिहिबार २ नक्कली प्रशिक्षार्थीलाई पक्राउ गरको हो । पक्राउ पर्नेमा कैलालीका जनक न्यौपाने र दार्चुलाका सुभाससिंह धाँमी रहेका छन् । महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले अर्काको नाममा आफ्नो फोटो टाँसेर ट्रायल दिन आएका अवस्थामा ती दुईजनालाई पक्राउ गरेको जानकारी दिएका छन् । पक्राउ… पुरा पढौ

घरेलु मदिरा सेवनबाट एकै गाउँका ६ जनाको मृत्यु

घरेलु मदिरा सेवनबाट धनुषामा ६ जनाको ज्यान गएको छ । जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका–२, रमदैयामा अत्यधिक मदिरा सेवनका कारण ३५ वर्षीय ब्रहमदेव यादव, ४० वर्षीय बिलास मण्डल, ६५ वर्षीय गुद्री महरा, ३६ वर्षीय रामनारायण महरा र ३० वर्षीय राजु महराको ज्यान गएको हो । मदिरा सेवन गरेका ३ जनाको बुधबार दिउँसो र २ जनाको बिहीबार राति मृत्यु भएको हो । अर्का एकजनाको भने तीन दिन अघि नै मृत्यु भएको स्थानीयले बताएका… पुरा पढौ

आजको राशिफल (२०७६ फाल्गुन ३० गते शुक्रबार)

आजको पञ्चांग आज मिति २०७६ फाल्गुन ३० गते शुक्रबार, इस्वीसंवत मार्च १३ तारिक सन् २०२०, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११४०, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । वसन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार चैत्रकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज चैत्रकृष्णपक्षको चतुर्थी तिथि २० घटि ३६ पला अर्थात रातिमा १४ बजेर ३२ मिनेटसम्म त्यसउप्रान्त पञ्चमी तिथि लाग्नेछ । आज स्वाति नक्षत्र, विष्कुम्भादि योगमा व्याघात, करणमा कौलव… पुरा पढौ

वित्तीय संस्थाको डेढ करोड हिनामिना गरेको आरोपमा २ पक्राउ

महोत्तरीको पिपरा गाउँपालिकामा सञ्चालित एक वित्तीय संस्थामा डेढ करोडभन्दा बढी हिनामिना गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार पिपरामा सञ्चालित ‘नेरुडे लघुवित्त वित्तीय संस्था उपशाखा’को १ करोड ६१ लाख ७६ हजार रकम हिनामिना गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा मोरङको ग्रामथान गाउँपालिका–३ बस्ने २६ वर्षीय बद्रीनारायण तवदार र जहदा गाउँपालिका–३ बस्ने ३१ वर्षीय दीपककुमार कर्ण रहेको प्रहरी उपरीक्षक अधिकारीले… पुरा पढौ

नासु र लेखापरीक्षक घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनिसन्धान आयोगले काठमाडौंको त्रिपुरेश्वर स्थित कम्पनी रजिष्टारको कार्यालयका नायब सुब्बा र लेखापरीक्षकलाई घुससहित पक्राउ गरेको छ । अख्तियारले कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वर काठमाडौंमा कार्यरत नायब सुब्बा डोर प्रसाद पन्थी र लेखापरीक्षक रामचन्द्र श्रेष्ठलाई पाँच हजार रुपैया घुस लेन क्रममा पक्राउ गरेको हो । उनिहरुलाई अभिलेख अध्यावधिक गर्ने प्रयोजनको लागि घुस लिने क्रममा कार्यालय परिसरबाट बुधवार नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । पुरा पढौ

युवानेता परियारलाई ‘योङ ग्लोबल लिडर्स २०२० अवार्ड’

विश्व आर्थिक मञ्च (वल्र्ड इकोनोमिक फोरम)ले युवा सशक्तिकरण तथा सामाजिक न्यायको प्रवद्र्धनमा पु¥याएको योगदानको कदर गर्दै नेपाली युवा प्रदीप परियारलाई ‘योङ ग्लोबल लिडर्स (वाइजिएल) २०२० अवार्ड’ बाट सम्मानित गरेको छ । मञ्चका संस्थापक क्लाउस स्वाबले सन् २००४ मा वाइजिएल फोरम स्थापना गर्दै यो अवार्ड शुरु गरेका हुन् । विश्वमा बढ्दो जटिलता एवं चुनौती सामना गर्न सक्षम युवा नेतृत्व विकास गर्ने उद्देश्यले यो अवार्डको स्थापना गरिएको हो । परियार यो वर्ष… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं