चैत्र १ गते २०७६

ताजा समाचार

चैत्र १ गते २०७६

मनाङलाई छैटौं पटक आहा रारा गोल्ड कप



पेनाल्टी सुटआउटमा नेपाल पुलिस एक पटक अभागी हुदाँ मनाङ मस्र्याङ्दी क्लवले पोखरामा शनिबार सम्पन्न आहा ! रारा गोल्डकपको छैटौ पटक उचाल्दै किर्तिमान बनाएको छ । पुलिससँगै ५ पटक जितेको मनाङ मस्र्याङ्दी क्लवले छैटौं पटक उपाधि उचाल्दै इतिहास लेखाउँदा पुलिसले उपविजेतामा चित्त बुझायो ।

पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा विभागिय टिम नेपाल पुलिस क्लवलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै मनाङले उपाधि जितेको हो । ५ वर्ष पछि फाइनलमा भेट भएको नेपाल पुलिस क्लबलाई तेस्रो पटक समेत फाइनलमा हराउदै ६ पटकको विजेता बन्दै किर्तिमानी कायम गरेको हो । पुलिस पनि ५ पटकको विजेता हो । २०५८ सालमा भएको क्याराभान गोल्डकपलाई समेत जोड्ने हो भने मनाङ र पुलिस ६–६ पटकको विजेता टिम हो ।

निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटको समयमा दुबैतर्फ गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा गोलकिपर अशोक बरालले नेपाल पुलिसका २ वटा पेनाल्टी सुट रोकेपछि मनाङले छैटौं पटक आहा रारको उपािध आफनो लेखायो । बरालले पुलिसका अजित भण्डारी र तेज तामाङको प्रहार रोक्दै मनाङलाई छैटौंपटक च्याम्पीयन बनाए । पुलिसका भोला सिलवाल, हेम तामाङ र बुद्ध बल तामाङले भने गोल गरे ।

बिजयी मनाङका अञ्जन विष्ट, पुजन उपरकोटी, सुरज विक र रञ्जन विष्टले गोल गरे । मनाङका निशान लिम्वु भने टाइब्रेकरमा गोल गर्न चुके । उनले दाया साइड च्यापेर प्रहार गरेको पेनाल्टी सुट बिपक्षी गोलकिपर रोसन खड्काले डाइभ सेभ गरेका थिए ।

मनाङले आहा गोल्डकपको दोस्रो, तेस्रो,दशौँ, चौधौँ, पन्र्धौ संस्करणको विजेता टिम हो भने पुलिस पहिलो, छैटौँ, सातौँ, आठौँ र १६ औँ संस्करणको विजेता टिम हो । भने क्याराभान गोल्डकपको समेत विजेता हुदाँ मनाङ उपविजेता टिम हो ।बिजेता मनाङले नगद १० लाख १ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपबिजेता पुलिसले भने नगद ५ लाख १ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो ।

शुरुदेखि नै पुलिसबिरुद्ध आक्रामक रुपमा प्रस्तुत भएको मनाङले आधा दर्जन बढी गोल गर्ने अवसर खेर फाल्दा जितका लागि टाइब्रेकरसम्म कुर्नुप¥यो । रक्षापंक्ति बलियो बनाएर बारम्बार आक्रमण बुनेको मनाङले खेलको २० औं मिनेटमै गोल गर्ने अवसर सदूपयोग गर्न सकेन । कप्तान कमल श्रेष्ठको कर्नर किकमा विमल रानाको हेडर बिपक्षी गोलकिपरले रोसन खड्काले पञ्च गरेर क्रसबार माथिबाट बाहिर फाले । ३६ औं मिनेटमा अञ्जन विष्टको क्रसमा पेनाल्टी एरियामा रहेका दयानन्द सिंहको फ्लिक हेडरले दिशा लिन सकेन र फष्र्टबार हुँदै बाहिरियो । ४३ औं मिनेटमा अञ्जन विष्ट गोल गर्न चुके । कप्तान कमल श्रेष्ठको कर्नर किकमा अञ्जनले प्रहार गरेको बाइसाइकल किक फष्र्टबारहुँदै बाहिरियो । ६० औं मिनेटमा विमल रानाले प्रहार गरेको बललाई बिपक्षी डिफेन्डरले क्लियर गर्ने क्रममा फर्केको बललाई अञ्जन विष्टले पुनः प्रहार गर्दा फष्र्टबारहुँदै बाहिरियो । ६८ औं मिनेटमा भिडाल लुइसको पासमा पेनाल्टी एरियामा अनमार्क रहेका विमल रानाको वान टच प्रहारलेपनि दिशा लिन सकेन । ७५ औं मिनेटमा कप्तान कमल श्रेष्ठको कर्नर किकमा दयानन्दर सिंहको हेडर क्रसबार माथिबाट बाहिरियो । ८९ औं मिनेटमा अञ्जन विष्टले प्रहार गरेको बल सेकेण्डबारहुँदै बाहिरियो ।

तुलनात्मक रुपमा मनाङ भन्दा केहि कमजोर देखिएको पुलिसले एकाधबाहेक उत्कृष्ट मुभ बनाउन सकेन । यद्वपी उसलेपनि केहि गोल गर्ने अवसर भने खेर फाल्यो । खेलको ४९ औं मिनेटमा निरकुमार राइको प्रहारमा बिपक्षी गोलकिपर अशोक बराल बाधक बने । रवि पासवानको क्रसमा कप्तान भरत साहले निकालिदिएको बललाई निरकुमारले प्रहार गर्दा गोलकिपर बरालले सजिलै नियन्त्रणमा लिए । ७४ औं मिनेटमा तेज तामाङको पासमा बुद्ध बल तामाङले प्रहार गरेको बल सेकेण्डबारहुँदै बाहिरियो । ९३ औं मिनेटमा रवि पासवानको क्रसमा डि–एरियामा अनमार्क रहेका निरकुमार राईले गरेको प्रहार फष्र्टबारहुँदै बाहिरियो ।

प्रतियोगितामा उपबिजेता बनेको नेपाल पुलिस क्लवका अजित भण्डारी सर्बोत्कृष्ट खेलाडी बने । उनले अप्रिला स्कुटर प्राप्त गरे । अन्य सबै उत्कृष्टमा भने बिजेता टिम मनाङमस्र्याङ्दी क्लवका खेलाडीहरु बने । मनाङका नितिन थापा उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलकिपरमा अशोक बराल, उत्कृष्ट स्ट्राइकरमा अञ्जन विष्ट, उत्कृष्ट डिफेन्डर सुरज विक र उत्कृष्ट प्रशिक्षकमा फुजा टोपे बनेका हुन् । उनीहरुले नगद २५÷२५ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगितामा सर्बाधिक गोलकर्ता ५ जना बने । नेपाल पुलिस क्लवका भरत शाह, निरकुमार राई, मनाङ मस्र्याङ्दी क्लवका अञ्जन विष्ट, थ्रीस्टारका सुसन श्रेष्ठ र त्रिदेव गुरुङले समान २÷२ गोल गर्दै सर्बाधिक गोलकर्ता बनेका हुन् । सर्बाधिक गोलकर्तालाई नगद २५ हजार भएकाले उनीहरुलाई दामासाहीले ५÷५ हजार प्रदान गरियो ।

बिजेताहरुलाई राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव रमेश सिलवाल, प्रतिनिधि सभाका सांसद सूर्यबहादुर केसी, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, सहारा क्लव पोखराका अध्यक्ष केशबबहादुर थापालगायतले पुरस्कार वितरण गरेका थिए ।

खेलाडी न्युज