घरपझोङमा क्षमता विकास कार्यशाला

राष्ट्रि«य प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्र्तगत मुस्ताङको घरपझोङ–४ जोमसोममा आईतबार देखि ३ दिने क्षमता विकास कार्यशाला सुरु भएको छ । स्थानीय तहका जनप्रतिनिधि तथा शिक्षा संम्वद्ध पदाधिकारीहरुको क्षमता अभिबृद्धि कार्यशाला संञ्चालन गरिएको जनाईएको छ ।

घरपझोङ गाउपालिकाको आयोजना तथा अमेरिकी सहयोगी संस्था युएसएआईडीको आर्थिक तथा प्राविधिक सहयोगमा संञ्चालित क्षमता विकास कार्यशालामा घरपझोङमा रहेका विद्यालयहरुले सहभागीता जनाएका छन् । ३ दिने कार्यशालामा राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमका नीति ,रणनीति कार्यक्रम र उपलब्धीलाई स्थानीय शिक्षा निकाय तथा शिक्षा संम्वद्ध पदाधिकारीहरुबीचमा शिकाई आदान प्रदान गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको प्रारम्भिक कक्षा पढाई कार्यक्रमका जिल्ला संयोजक बुद्धिबल थापा मगरले जानकारी दिए ।

उनका अनुसार पठनपशिप विकासका लागि स्थानीय तह निकायको प्रारम्भिक कक्षा पढाईको क्षमता अभिबृद्धि गर्ने र यसका राम्रा पक्षहरुको शिकाई उलब्धी एकआपसमा आदान प्रदान गर्ने रहेको छ । कार्यशालामा स्थानीय निकायले प्रारम्भिक कक्षा पढाई कार्यक्रम प्रर्वद्धन गर्न सक्ने भावी योजनाका बारेमा समेत छलफल हुने प्रारम्भिक कक्षा पढाई कार्यक्रमका जिल्ला संयोजक बुद्धिबल थापा मगरले बताए ।

३ दिने क्षमता विकास कार्यशालाको घरपझोङ गाउपालिकाकी उपाध्यक्ष शर्मिला गुरुङले उद्घाटन गरिन् । उपाध्यक्ष गुरुङले शिक्षा संम्वन्धि शैक्षिक नीति तथा संम्वैधानिक व्यवस्थाको स्पष्ट हुन पाउने प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्र्तगत संञ्चालित गतिविधि स्थानीय निकायले योजनामा समावेश गर्नसके कार्यक्रममा दिगो र फलदायी हुने बताईन् । उनले प्रारम्भिक कक्षा पढाई कार्यक्रम प्रर्वद्धन गर्न स्थानीय सरकार कटिबद्ध रहेको जनाईन् ।

यस्तै ,शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख टंकराज बरालले प्रारम्भिक कक्षा पढाईका कार्यक्रमहरु समन्वय ईकाईमा आईपुगेको जानकारी दिए । उनले कार्यक्रम आएपनि फुकुवा हुन बाकी रहेको फुकुवा भएपछि यस संम्वन्धि संञ्चालन हुने बताए । उनले भने, ‘कार्यक्रम समन्वयमा आएको छ । कार्यक्रम सुरु भएपछि प्रारम्भिक कक्षामा पढ्ने वालवालिकाको पढाईप्रति सरोकारवालाले जिम्मेवारी बोध गर्नेछन् ।’ कार्यक्रममा घरपझोङका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले पनि कार्यक्रमको औचित्य माथि प्रकास पारेका थिए

स्थानीय तहका जनप्रतिनिधि तथा शिक्षा संम्वद्ध पदाधिकारीहरुको ३ दिने क्षमता अभिबृद्धि कार्यशालालाई प्रारम्भिक कक्षा पढाई कार्यक्रमका जिल्ला संयोजक बुद्धिबल थापा मगर र मञ्जु शर्माले सहजीकरण गर्ने जनाईएको छ । कार्यशालामा विद्यालय व्वस्थापन समितिका अध्यक्ष एवं प्रारम्भिक कक्षा पढाई उपसमितिका संयोजक ,दौतरी शिक्षक ,विद्यालयका प्रअ र ईजिआर शिक्षक लगायतको सहभागीता रहेको छ ।

आधारभुत तह कक्षा १ देखि ३ कक्षा सम्म पढ्ने वालवालिकाको पठनशिप विकास गर्ने लक्ष्य सहित यो कार्यक्रम आर्थिक बर्ष २०७५ साल देखि मुस्ताङमा लागु भएको हो । यसप्रकारको कार्यक्रमले शिक्षकहरुको पेशागत क्षमता विकास भएको ,वालवालिकाको पढाईप्रति समुदायको अपनत्व बोध भएको ,स्थानीय स्तरमा पठन संस्कृति विकासमा पढाई महोत्सव ,घुम्ती पढाई कुना र समुदाय सचेतीकरणका लागि योगदान दिदै आएको पाईएको छ ।

कार्यक्रमको संञ्चालन घरपझोङका शिक्षा अधिकृत हिमलाल शर्माेले गरेका थिए । कार्यशाला मंगलबार सम्म रहने जनाईएको छ ।