कास्कीमा डंगुका २ बिरामी फेला परेका छन् । मौसम परिवर्तनसँगै यसपालिको जनवरीदेखि मार्चभित्र देशका विभिन्न भागमा ३६ जना डेंगुका बिरामी भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
यो अवधिमा गण्डकी प्रदेशमा डेंगुका ५ बिरामी फेला परेका छन् । गोरखा १, म्याग्दी १ र नवलपरासी सुस्ता पूर्वमा १ बिरामी फेला परेको जनाइएको छ । प्रदेश १ मा ६ जना, बाग्मतीमा ९, प्रदेश ५ मा १४ र सुदुरपश्चिममा २ जनामा डेंगु भेटिएको छ ।






