विमानस्थल कोरोना हेल्थ डेस्कलाई काँग्रेस भाृतसंगठनको उपकरण सहयोग

नेपाली काँग्रेसको भातृसंगठन नेपाल तरुण दल र नेपाल बिद्यार्थी संघ मुस्ताङले शनिवार जोमसोम विमानस्थलमा संञ्चालन भएको कोरोना हेल्थ हेस्कलाई जरो नाप्ने उपकरण सहयोग गरेको छ । विश्वका १ सय २४ भन्दा बढी राष्ट्रमा फैलिएको नोवल कोरोना – कोभिड –१९ ) संक्रमण जिल्लामा प्रवेश गर्न नपाओस भन्ने उद्देश्यले संञ्चालन गरिएको हेल्थ डेस्कलाई करिव १३ हजार मुल्य बराबरको जरो नाप्ने डिजिटल थर्मोमिटर सहयोग गरिएको हो ।


जिल्ला प्रशासन कार्यालयको अगुवाईमा भएको हेल्थ डेस्कलाई जिल्ला स्वास्थ्य कार्यालय ,जिल्ला अस्पताल ,सुरक्षा निकाय र विमानस्थल कार्यालयले प्राविधिक तथा भौतिक सहयोग गरेका छन् । सो क्रममा काग्रेस समर्थित भातृसंगठनले पनि सामाजिक उत्तरादायित्वका रुपमा उपकरण हस्तान्तरण गरेको तरुण दल मुस्ताङका सभापती कर्मघ्याचो गुरुङले जानकारी दिए ।यस्तै नेविस मुस्ताङका सभापती असिम शेरचनले धार्मिक तथा पर्यटकीय जिल्लामा कोरोना प्रकोप रोकथामका लागि हेल्थ डेस्क स्थापना भएको र त्यसलाई उपकरण हस्तान्तरण गरेर मानवीय सहयोग पु¥याएको उल्लेख गरे । कार्यक्रममा नेपाल दलित संघले पनि सहकार्य गरेको थियो ।

शनिबार औपचारिक रुपमा एक कार्यक्रम गरी सुरुआत गरिएको हेल्थ डेस्कमा गण्डकी प्रदेशका सांसद महेन्द्रबहादुर थकाली ,गाउपालिका अध्यक्ष आशबहादुर थकाली,प्रमुख जिल्ला अधिकारी वेदप्रकास अर्याल र जोमसोम विमानस्थलका निमित्त प्रमुख शिवकुमार भुषाल समक्ष तरुण दल र नेविस संघका दुबै सभापतिले संयुक्त रुपमा उपकरण हस्तान्तरण गरेका छन् ।
जिल्ला प्रशासनको पहलमा यसअघि भएको कोरोना माहामारी रोग नियन्त्रण गर्न हेल्थ डेस्क राख्ने निर्णय भएअनुसार शुक्रबार मुक्तिनाथ र शनिबार जोमसोम विमानस्थलमा हेल्थ हेस्क सेवा सुरु गरिएको थियो । सो कार्यक्रम अनुसार थासाङ–४ घासामा पनि आजै हेल्थ डेस्क संञ्चालन हुने जनाईएको छ ।


हवाई सेवा मार्फत जोमसोम आउने सबै आन्तरिक तथा बाह्य पर्यटकको स्वास्थ्य परिक्षण गर्न हेल्थ डेस्क संञ्चालन भएको विमानस्थल निमित्त प्रमुख शिवकुमार भुषालले जनाकारी दिए । कार्यक्रममा गण्डकी प्रदेशका सांसद महेन्द्रबहादुर थकाली, घरपझोङका अध्यक्ष आशबहादुर थकाली,प्रजिअ वेदप्रकास अर्याल ,उपप्रमुख राजेन्द्र शेरचन लगायतले बोलेका थिए । कार्यक्रम एक्याप प्रमुख तुलसी दाहालले संञ्चालन गरेका थिए ।