जग्गा खरिदका लागि बोलाएर लुटियो ९ लाख

पूर्वी चितवनको खैरहनी नगरपालिकामा दुई जनाको ९ लाख लुटिएको छ।

गुल्मीको सत्यवर्ती गाउँपालिका –६ का ३१ वर्षीय नारायण घर्ती र ३० वर्षीय पदम घर्ती शुक्रबार लुटिएका हुन् ।

उनीहरुलाई खैरहनी नगरपालिकामा जग्गा खरिद गरिदिने भन्दै अनिल राई नामका व्यक्तिले बोलाएको र भनेअनुसारको स्थानमा पुग्दाँ राईले पैसा भएको झोला लिएर मोटरसाइकलमा भागेको पीडितले जनाएका छन् ।

घटनाको बिषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ ।