बाजुरा जिल्लाको पूर्वी उत्तरी क्षेत्रमा रहेको जगन्नाथ गाउपालिकाको गेट नजिकै बम बिस्फोट भएको छ । आइतवार राति साढे एक बजे गाउपालिकाको गेट भन्दा ५० मिटरको दुरीमा बम बिस्फोट हुदा स्थानिय कर्मचारी तथा जनप्रतिनिधि चिन्तित बनेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएपी टंकप्रशाद भट्राईका अनुसार गाउपालिका भन्दा केही पर पट्केको खबर आएको वताएका छन । बम बिस्फोटबाट कुनै क्षेति नभएपनि स्थानियहरु त्रसित बनेको जगन्नाथ गाउपालिकाका रोजगार संयोजक लक्ष्मण जोशीले जानकारी दिए ।
गाउपालिकाको गेटको आडैमा जुडी प्रहरी चौकी छ । गेट नजिकै आएर बम बिस्फोट भएपनि सुरक्षा फितलो भएको भान स्थानियहरुको रहेको छ । बम कस्ले किन केको लागी बिस्फोट गरेको कुनै जानकारी नभएको डिएपी भट्राईले बताए । अनुसन्धान भईरहेको उनले बताए ।






