कञ्चनपुरको शुक्लाफांटा नगरपालिका ११ कलुवापुरमा गत फागुन १५ गते भएको दम्पती हत्याको घटनामा मृतककै छोराको संलग्नता देखिएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले मृतक जय बहादुर भण्डारीका छोरा भरतलाई सोमबार पत्रकार सम्मेलन गरी अभियुक्तका रुपमा सार्वजनिक गरेको हो ।
भरतलाई आइतबार डडेलधुराको अमरगढी नगरपालिका–२ जगेनाबाट पक्राउ गरिएको हो । फागुन १४ गते राति भरतले नै ५२ वर्षीय जयबहादुर र उनकी श्रीमती २२ वर्षीया धनादेवीको हत्या गरेका थिए ।
पक्राउ परेका भण्डारी जयलालका जेठीपट्टिका श्रीमतीका जेठा छोरा हुन्। उनले अंशवण्डा, सम्पत्ति भोगचलन, पारिवारिक झगडाका कारण बुवाआमाकै हत्या गरेको बयान दिएको कञ्चनपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी)रवीन्द्रनाथ जानकारी दिएका छन्।
हत्या भएका भण्डारी दम्पतीका सात महिनाकी एक छोरी छन्। स्वास्थ्यमा समस्या आएपछि उनलाई धनगढीस्थित माया मेट्रो अस्पतालमा राखिएको छ।
भरतकी आमा स्तन क्यान्सरका कारण निधन भएको र जयलालले दोस्रो विवाह गरेपछि भरत र धनाबीच सधैं विवाद हुने गरेको थियो ।






