म्याग्दीको तातोपानी कुण्ड अनिश्चितकालीन बन्द

म्याग्दीको बेनी नगरपालिका–४ मा अवस्थित प्राकृतिक औषधालयको रुपमा परिचित तातोपानी कुण्डलाई अनिश्चितकालको लागि बन्द गरिने भएको छ ।

विश्वव्यापी महामारीको समस्याको रुपमा आएको कोरोना भाइरसको त्रासको कारण कुण्डलाई तत्कालको लागि बन्द गरिने भएको हो ।

चैत ८ गतेदेखि कुण्डलाई अर्को सूचना जारी नभएसम्मको लागि बन्द गर्न लागिएको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्यले सुचना जारी गरेका छन् ।

यो सिजन तातोपानीको लागि उत्तम समय भएपनि उपचारको लागि कुण्डमा आउने विरामीहरुको सङख्या बढ्दो क्रममा हुने हुदाँ कोरोनाको संयमता अपनाउँदै कुण्डलाई बन्द गर्न लागेको तातोपानी व्यवस्थापन समितिले जनाएको छ ।

कोरोनाको जोखिम न्युनिकरण भएर सामान्य भएपछि अर्को सूचना जारी गरेर मात्रै कुण्ड पुनः सूचारु हुने छ ।  यस कुण्डमा अहिले ३ सय बढी विरामीहरुले कुण्डमा स्नान गर्ने र डुबेर उपचार गराउँदै आएका छन् । 

सूचना –