दुवईमा रोजगारीमा लगाइदिने भन्दै लाखौँ ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बाग्लुङ ढोरपाटन ४ खुङ्गाका शिव कुमार घर्ती मगरलाई काठमाडौंको गोंगबुबाट पक्राउ गरेको हो ।
घर्ती मगरले ठगेर अलपत्र भएको भन्दै पीडित खगेन्द्र चौधरीले उजुरी दिएका थिए।
रानीवन बस्दै आएका मगरले ९ जनालाई वर्किङ भिसा लगाइदिने भनी १० लाख ५३ हजार १ सय रुपैयाँ ठगी गरेको आरोपमा पक्रउ गरेको हो ।
उनलाई थप कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं टेकु पठाएको प्रहरीले जनाएको छ ।






