काठममाडौंको थानकोटमा ट्रकभित्र लगेर एक किशोरीलाई सामूहिक बलात्कार गरिएको छ ।
मंगलबार चन्द्रागिरि नगरपालिका १५ तीनथानामा पार्किङ गरेर राखिएको ना ३ ख ६९४ ट्रकभित्रै चालक तथा सहचालक ३ जना मिलेर १७ वर्षीय किशोरीलाई सामूहिक बलात्कार गरेका हुन्।
किशोरी बिहान धादिङ घर जान गाडी कुरेर बसेकी थिइन्। त्यस क्रममा उनलाइ ३ जनाले पुर्याइदिने भन्दै सडक किनारमा पार्किङ गरी राखिएको ट्रकभित्र लगेर सामूहिक बलात्कार गरेका हुन्।
बलात्कारमा संलग्न आरोपमा सिन्धुलीको सुनकोसी गाउँपालिका ९ का पासाङ तामाङ, रामेछापको गोकुलगंगा गाउँपालिका २ का कपिल खड्का र दाङ राप्ती गाउँपालिका १ का सञ्जय घर्ती मगरलाई पक्राउ पक्राउ परेका छन् ।
पक्राउ परेकाहरूलाई थानकोट प्रहरी वृतको हिरासतमा राखेर घटनान अनुसन्धान अघि बढाएको थानकोट प्रहरीले जानकारी दिएको छ।






