वीरगञ्जका एक जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार वीरगञ्ज महानगरपालिका १० आदर्शनगरका ६७ वर्षीय शिवकुमार रुंगटालाई पटना मेडिकल कलेजमा जँचाउने क्रममा कोरोना संक्रमण देखिएको हो ।
भारतबाट सात दिनपहिले नेपाल फर्केका रुंगटा चार दिनअघि अस्वस्थ भएपछि वीरगञ्जको एक अस्पतालमा प्रारम्भिक उपचार गराई थप उपचारका लागि पटना पुगेका थिए। कोरोना संक्रमण पुष्टि भएपछि उनलाई आइसोलेसनमा राखिएको छ।






