क्रिष्टल ईण्टरनेशनल मण्टेश्वरी किण्डरवल्र्डमा चैत्र ९ गते रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मण्टेश्वरीकी म्यानेजिङ डाइरेक्टर रिना पौडेलको अध्यक्षतामा सम्पन्न यस कार्यक्रमका प्रमुख आमन्त्रित ब्यक्ति गण्डकी प्रदेश सभासदस्य माननीय राजीव पहारी ज्यू ले मोटिभेटर तथा अवाकस मेण्टल म्याथका डाईरेक्टर उपेन्द्र अधिकारीले ४८ औं पटक रक्तदान गरिरहंदा प्रथम रगत पोका हस्तान्तरण गरि शुभारम्भ गर्नु भएको थियो ।
उहाँले संसार कोरोनाले आक्रान्त भइरहदा नेपलीहरु पनि धैर्य भई बस्नुपर्ने कूरा बताउदै मण्टेश्वरीका हरेक कामहरु राष्ट्र प्रेमले ओत प्रोत रहेको र यस मण्टेश्वरीका कार्यहरु बाट आफू प्रेरित रहेको कूरा बताउनु भयो । राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समितीका अध्यक्ष बिष्णुहरि अधिकारी ज्यूले समाजमा कसैको ज्यान बचाउनु सबैभन्दा महान कार्य रहेको बताउनु भयो ।
चरक एकेडेमीका प्रमुख युवराज आचार्य ले हालको रगत अभावलाई यस कार्यले केहि टेवा पुग्ने बिचार राख्नु भयो । नेपाल स्वयं सेवी रक्तदाता समाज कास्कि का जितेन्द्रमान शाक्य आफूले हाल सम्म ६८ पटक रक्तदान गर्दा आफू अझै स्वस्थ्य रहेको कूरा जानकारी गराउनु भयो । तीर्थराज अवस्थीले यस कार्यक्रममा सबै भन्दा पहिला हातधुन लगाईएको कूरा आफूले पाएको नौलो चीज रहेको बताउनु भयो । दिवस गुरुङले यस घडीलाई क्यामेरामा कैद गर्नु भएको थियो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी क्षेत्रीय रक्त संचार केन्द्रका प्रमुख अर्जुन ज्ञवालीको प्राविधकि टोलीको सहयोगमा रगत संकलन भएको थियो । यस अवसरमा बिद्यालयकी एक शिक्षिका अस्मिता भटराई खड्कले आफ्नो परिवारका सम्पूर्ण सदस्यहरुबाट रक्तदान गर्न लगाउनुभएको कूरा पनि सराहनीय थियो ।
यस अवसरमा उपस्थित अभिभावक ज्यूहरुले यस सराहनीय कार्यक्रमबाट आफूहरु मण्टेश्वरीमा जोडिदा गर्ब महसूस भएको कूरा व्यक्त गर्नु भयो । आफू समाज सेवामा लागिरहने र आउँदा दिनमा पनि रक्तदान कार्यक्रम आयोजना गर्न आफू अझै प्रेरित भएको कुरा जनाउँदै सम्पूर्ण रक्तदाता तथा आमन्त्रित सबैलाई धन्यवाद दिंदै सभा अध्यक्ष तथा क्रिष्टल मण्टेश्वरी की म्यानेजिङ डाइरेक्टर रिना पौडेलले कार्यक्रम समापन भएको जानकारी दिनु भयो ।






