लन्डनमा १ नेपालीलाई कोरोना संक्रमण

लन्डनमा १ नेपालीलाई कोरोना संक्रमण भएको छ । लन्डनमा सामाजिक अभियन्ता भगवती रानाभाट कोभिड संक्रमित भएकी हुन् ।

उनी ११ दिनदेखि आइसोलेसनमा छिन् । नर्थविक पार्क अस्पतालमा उनको उपचार भइरहेको छ ।

९ मार्चबाट उनलाई ज्वरो आएको थियो । पछि उनलाई कोरोना संक्रमण पुष्टि भयो । उनका श्रीमान मीन र २ छोराछोरीसमेत सेल्फ आइसोलेसनमा छन् ।

उनले आफूलाई कोरोना संक्रमण भएको पुष्टि गर्दै फेसबुकमा लेखेकी छन्, ‘१० दिनको सेल्फ़ आईसोलेसन पछि covid 19 संग लड्दै !

यो महामारी कति पीड़ादायक हुदो रहेछ, आज १३ दिन सम्म पनि निको हुने छॉट्काटै छैन । फ़ेसबुकमा राख्ने सोच थिएन, कतै आफन्त अनि साथिभाईलाई थप भयावह बनाउला भन्ने लाग्यो तर सोचें सबैले साबधानी अपनाउन सक्नुहुने छ । हजुरहरू सबैलाई बिशेस साबधान रहन अनुरोध गर्दछु ।’