मुख्य समाचार

राष्ट्रपति र प्रधानमन्त्रीलाई अश्लिल गाली गर्नेलाई साइबर क्राइम मुद्दा

कास्कीको पुरञ्चौरका दुर्गादत्त बास्तोला पक्राउ परेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनले फेसबुकका अश्लील टिप्पणी गरेका थिए । बास्तोलालाई सोमबार दिउँसो उनको घरबाटै पक्राउ गरी कारवाही अघि बढाइएको कास्कीका प्रहरी प्रमुख जीवनकुमार श्रेष्ठले नेपालदुतलाई बताए । उनीविरुद्ध साइबर क्राइम मुद्दा दर्ता भएको छ । नेपाली कांग्रेसका कार्यकर्ता बास्तोला गएको स्थानीय निर्वाचनमा उम्मेदवारसमेत थिए । पुरा पढौ

‘राष्ट्रघाती एमसिसी चाहिँदैन’

पोखरा आइतबरा भएको शान्तिपूर्ण धर्नाका सहभागीले एमसिसी राष्ट्रघाती भएकाले यसको आवश्यकता नभएको औंल्याएका छन् । सङ्गम सांस्कृतिक मञ्च नेपालको अगुवाइमा पृथ्वीचोकमा उनीहरुले बिरोध स्वरुप शान्तिपूर्ण धर्नासमेत दिए । धर्नामा एमसिसी खारेर अभियान, संयुक्त देशभक्त मोर्चा, क्लेम द बोर्डर लगायतका संस्थाको संलग्नतामा कार्यक्रम भएको हो । कार्यक्रममा सङ्गम सास्कृतिक मञ्चका कलाकारहरु रोशन लामा, आर्यन थापा, कमला श्रेष्ठ, सुरज उपाध्याय, बिकास लुङ्गेली, काजी गाउले, आदर्श मगरसहितको टोलीले स्ट्रगल रानाको शब्दमा रहेको गीत… पुरा पढौ

ओलीले क्षमायाचना गरी मलाई सम्मान गर्नुपर्छ : गौतम

नेकपा नेता वामदेव गौतमले महाकाली सन्धिकै कारण भारतले नेपाली भूमि मिचेको दाबी गरेका छन् । सन्धी गर्दा महाकालीको मुहान नै प्रष्ट नभएकाले अहिले भारतले लिम्पियाधुरा लिपुलेक र कालापानी मिचेको उनको तर्क छ । महाकाली सन्धि गर्न अघि सर्ने केपी शर्मा ओली अहिले सरकार र पार्टीको नेतृत्वमा भएकाले ओलीले क्षमायाचना गरी आफूलाई सम्मान गर्नुपर्ने तर्क उनले स्थायी समिति बैठकमा राखेका छन् । गौतमले भने,‘महाकाली सन्धिकै कारण पार्टी फुट्यो, हामीले भारतको हेपाइ… पुरा पढौ

एकै दिन १७ संक्रमित निको भए

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट शुक्रबार एकै दिन १७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भएको र १६ संक्रमितको उपचार भइरहेको निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनबाट निको भएर घर फर्किनेमा १२ पुरुष र ५ महिला छन् । कोभिड १९ निको हुनेमा पर्वत, स्याङ्जा र गोरखाका १, १ जना छन् भने अरु सबै कास्कीकै हुन् । स्वास्थ्य… पुरा पढौ

पोखरा महानगरको बजेट पारित

पोखरा महानगरको आर्थिक वर्ष २०७७÷७८ को नीति, कार्यक्रम र बजेट सर्वसम्मत पारित भएको छ । बुधबार महानगर प्रमुख मानबहादुर जिसीले नीति कार्यक्रम पेश गरेका थिए । बुधबारै उपप्रमुख मञ्जु गुरुङले सातौँ नगरसभामा ६ अर्ब १९ करोड ७१ लाख ७८ हजारको बजेट पेश गरेकी थिइन् । बजेटमाथि भएको छलफलमा १९ नगर सभासदले सुझाव राखेको प्रवक्ता धनबहादुर नेपालीले बताए । नेकपा सचेतक सोभामोहन पौडेल र नेपाली कांग्रेसका सचेतक रामराज लामिछाने एवं लेखा… पुरा पढौ

संक्रमितको शव व्यवस्थापन गर्न सधै सकस

बिहीबार पनि जेठ २५ गते जस्तै विरोध विरोध सामाना गरी कोरोना संक्रमितको शव व्यवस्थापन गरिएको छ । पहिलो संक्रमितको शव व्यस्थापनका क्रममा जनप्रतिनिधिसमेतले अवरोध गरेका थिए । बुधबार राति मृत्यु भएका ५५ वर्षीय ती संक्रमितको शव व्यवस्थापन स्थल त फेरियो तर अवरोध अझ पेचिलो बन्यो । दिउँसो १२ बजेतिर पोखरा ३२ को सेती किनारमा खाल्डो खन्न डोजर गएपछि स्थानीयले टायर बालेर विरोध सुरु गरे । सिमसिम पानीको परवाह नगरी जम्मा… पुरा पढौ

६२९ नयाँ संक्रमित, कास्कीका ९ जना

बुधबार देशभर ६ सय २९ नयाँ संक्रमित फेला परेका छन् । तीमध्ये महिला १ सय १० र पुरुष ५ सय १९ छन् । अब देशभर संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ । २४ घन्टामा १ सय २४ जना निको भएर डिस्चार्ज भएका छन् । हालसम्म २ हजार ३ सय ३८ जना डिस्चार्ज भएका छन् । बुधबार क्वारेन्टिनमा ७८ हजार ६ सय ३९ जना छन् भने आइसोलेसनमा ८… पुरा पढौ

बन्दीपुरमा कोरोना कहर : अस्पताल, गाउँपालिका कार्यालय सिल

तनहुँको बन्दीपुर गाउँपालिका कार्यालय, बन्दिपुर अस्पताल र इलाका प्रहरी कार्यालयसमेत मंगलबारबाट २ हप्ताका लागि सिल गरिएको छ । सोमबार भएको गाउँपालिकाको आपत्कालीन बैठकले यस्तो निर्णय गरेको हो । डाक्टर, सुरक्षाकर्मीसहित एकै दिन ११ जनामा सोमबार कोरोना पुष्टि भएको थियो । तीमध्ये डाक्टरसहित २ स्वास्थ्यकर्मी, १ सुरक्षाकर्मी र क्वारेन्टिनमा रहेका ८ जनामा संक्रमण भएको हो । गाउँपालिका अध्यक्ष पूर्णसिंह थापाले अस्पतालका सबै कर्मचारी र प्रहरी चौकीका सबैको स्वाब जाँच गर्नुपर्ने बताए… पुरा पढौ

समाजवादीले माग्यो सरिता गिरीसँग स्पष्टीकरण

समाजवादी पार्टीले सांसद सरिता गिरीलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ। सोमबार बसेको पार्टी पदाधिकारी बैठकले कारवाही गर्ने तयारीस्वरुप उनलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । गतसाता संविधान संशोधनका बेला उनले पार्टी ह्वीप उल्लंघन गरेकी थिइन् । गिरीलाई ७ दिनमा स्पष्टिकरण पेश गर्न भनिएको छ । जेठ ३१ गते बसेको संविधान संशोधन गर्ने क्रममा गिरीले संसद बैठक बहिस्कार गरेकी थिइन्। पुरा पढौ

एमसिसीविरुद्ध देशव्यापी आन्दोलन घोषणा

मिलेनियम च्यालेन्ज कर्परिसन अर्थात् एमसीसीका विरुद्ध देशव्यापी आन्दोलन घोषणा भएको छ । विभिन्न राजनीतिक दलदेखि संघ, संस्था र मोर्चाहरुले एमसिसी विरुद्ध गर्दै आएका कार्यक्रम र गर्ने कार्यक्रमको संयोजन गर्न सोनाम साथीको नेतृत्वमा बनेको एमसिसी खारेज संयुक्त संघर्ष समितिले आइतबारदेशब्यापी कार्यक्रम घोषणा गरेको हो । संयोजक सोनाम साथीले आइतबारदेखि प्रत्येक दिन बेलुकी ८ बजेदेखि एक हप्तासम्म १० मिनेट ब्ल्यक आउट अर्थात बत्ति निभाइनेछ । असार ८ गते सोमबार न्यूरोडमा अपरान्ह ४ः३०… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं