समाजवादीले माग्यो सरिता गिरीसँग स्पष्टीकरण

समाजवादी पार्टीले सांसद सरिता गिरीलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ।

सोमबार बसेको पार्टी पदाधिकारी बैठकले कारवाही गर्ने तयारीस्वरुप उनलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । गतसाता संविधान संशोधनका बेला उनले पार्टी ह्वीप उल्लंघन गरेकी थिइन् ।

गिरीलाई ७ दिनमा स्पष्टिकरण पेश गर्न भनिएको छ । जेठ ३१ गते बसेको संविधान संशोधन गर्ने क्रममा गिरीले संसद बैठक बहिस्कार गरेकी थिइन्।