मुख्य समाचार

जनकलाकारले घन्काए : से नो एमसिसी (भिडियोसहित)

देशको सार्वभौमिकता, स्वतन्त्रताको रक्षा गर्न र नेपालीको हितका लागि एमसिसी कुनै पनि हालतमा पास गर्नु हुँदैन । पोखरेली अधिकारकर्मी र जनवादी सर्जकहरुले केही समयअघि नै यो निष्कर्ष निकालेका हुन् । एमसिसीका गलत पक्षहरुबारे बुझाउन र नेपालीलाई सजग, सचेत र जिम्मेवार बनाउन पोखरामा संगम सांस्कृतिक मञ्चले अभियान चलाइरहेको छ । शनिबार संगमले संगम सांस्कृतिक यात्रा ५ गरेको छ । अभियानलाई गण्डकी संगम, साहित्य शृंखला पोखरा, प्रलेस कास्की, पुष्पकमल स्मृति प्रतिष्ठान र… पुरा पढौ

नेपाली युवालाई भाडावाल लडाकु नबन्न विप्लवको अपिल

प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले भारतीय गोरखा सेनामा कार्यरत नेपाली युवालाई चीनसँगको युद्धमा नलगाउन माग गर्दै विदेशीको भाडावाल लडाकु नबन्न नेपालीलाई आह्वान गरेका छन् । शनिबार विज्ञप्ति निकालेर उनले भारत–चीन सीमामा तनाव बढेका बेला बिदामा रहेका गोरखा सैनिकहरुलाई फिर्ता बोलाउनुले त्यहाँ उनीहरुलाई परिचालन गर्ने सम्भावना देखिएको औंल्याएका छन् । विप्लवले भनेका छन्, ‘दुई समान छिमेकीका बीचमा भएको नेपाल र नेपाली जनताका लागि यो अति संवेदनशील र खतरनाक छ ।’… पुरा पढौ

नेकपा निर्णय : नेपालीसँग बिहे गर्ने विदेशी महिलालाई ७ वर्षपछि नागरिकता

सत्तारुढ नेकपा नेपाली नागरिकसँग बिहे गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने पक्षमा उभिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । ७ वर्षसम्मका लागि स्थायी आवासीय प्रमाणपत्र दिने व्यवस्था गर्ने निर्णय गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । नेपालीसँग विवाहित महिलाले सात वर्षसम्म सामाजिक, आर्थिक, साँस्कृतिक सम्पूर्ण अधिकार पाउने गरी आवासीय परिचयपत्र दिनुपर्ने नेकपाको निष्कर्ष छ । ‘नेपाली नागरिक पुरुषसँग… पुरा पढौ

राज्य विरुद्धको कसुरमा सरिता गिरीविरुद्ध उजुरी

जसपा सांसद सरिता गिरीलाई राज्य विरुद्धको कसुरमा कारबाही माग गर्दै जाहेरी परेको छ । अधिवक्तात्रय सन्तोष भण्डारी, सुजन नेपाल र नवराज पाण्डेले सांसद गिरीविरुछ महानगरीय प्रहरी परिसर टेकुमा जाहेरी दिएका हुन् । गिरीले संसद् बैठकमै नेपालले भारतलाई नसोधी नक्शा जारी गरेकाले त्यसको औचित्य नभएको बताएकी थिइन् । उनले नेपालको अवस्थालाई पाकिस्तानबाट वंगलादेशको विभाजनसँग तुलनासमेत गरेकी थिइन् । गिरीले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नक्सा संविधानको अनुसूची ३ अनुसारको निसान… पुरा पढौ

सैन्य गठबन्धनसँग जोडिने विदेशी सहयोग अस्वीकार्य : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुनै पनि सैन्य गठबन्धनसँग जोडिने विदेशी सहयोग नलिने बताएका छन्। प्रचण्डले सैन्य गठबन्धनसँग जोडिने कुनै पनि विदेशी सहयोग नेपाललाई अस्वीकार्य हुने बताएका हुन्। नेकपाभित्र एमसीसीलाई लिएर चर्को विवाद भइरहेका बेला अध्यक्ष प्रचण्डले नेकपा र चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को संयुक्त भर्चुअल कार्यशालालाई शुक्रबार धुम्बाराहीस्थित केन्द्रीय कार्यालयबाट सम्बोधन गर्दै यस्तो बताएका हुन्। नेपाल विकासको चरणमा रहेकाले ठूलो मात्रामा सहयोग चाहिए पनि सैन्य… पुरा पढौ

एमसिसी पढेका मान्छे मैले भेटिनँ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले एमसिसीबारे हुने गरेको विरोधको तुक नभएको तर्क गरेका छन् । उनले भने, ‘एमसिसी पढेका मान्छे मैले भेटिनँ । हल्लाका भरका विरोध गर्ने ? पढेर कहाँ कहाँ खराबी छ देखाउनुपर्छ नि ।’ उनले खुट्टाले टेकेर हिड्न आग्रह गरे । प्रधानमन्त्रीले आज राष्ट्रिय सभामा सांसदहरुले राखेका जिज्ञाशाको जवाफ दिँदै क्रममा यस्तो बताएका हुन् । उनले भने, ‘खुट्टाले टेक्नुभन्दा हातले टेकेर किन हिड्ने ? लहै, लहैमा लौ अमेरिकी सेना… पुरा पढौ

सरकारको नियुक्तिविरुद्ध नेकपाकै विद्यार्थीले लगाए ताला

सत्तारुढ नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूले त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएमं)को डिनमा डा दिव्यासिंह शाहको नियुक्तिको विरोध गर्दै तालाबन्दी गरेको छ । त्रिभुवन विश्वविद्यालयको यो निर्णय तत्काल सच्याउनुपर्ने माग गर्दै अनेरास्‍ववियूको महाराजगञ्ज चिकित्सा क्याम्पस कमिटीले आईओएममा ताला लगाएको हो । योग्यता र कार्यकुशलताको मापदण्ड मिचेर राजनीतिक पहुँचको आधारमा डा. सिंहलाई नियुक्ति गरिएको दाबी गर्दै आफूहरुले तालाबन्दी गरेको क्याम्पस इकाई अध्यक्ष विनय पंगेनीले बताए । विद्यार्थीको यो कदममा प्राध्यापक… पुरा पढौ

नेकपा स्थायी कमिटी बैठक आह्वान

file pix सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक असार १० गते हुने भएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार भएको भेटले स्थायी कमिटी बैठकको मिति तय गरेको हो । पार्टीभित्र अमेरिकन सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लगायतका मुद्दामा विवाद छ । बारम्बार सचिवालय बैठक र स्थायी कमिटी बैठक आह्वान र स्थगतपछि भएको स्थायी कमिटी बैठकले एमसीसीको छिनोफानो गर्ने सम्भावना छ । एमसीसी… पुरा पढौ

एमसिसी खारेज गर्न माग गर्दै संंयुक्त देशभक्त मोर्चा गठन

पोखराका सामाजिक अभियन्ताहरुको आज बसेको बैठकले वरिष्ठ अधिवक्ता तिलक पराजुलीको संयोजकत्वमा संंयुक्त देशभक्त मोर्चा गठन गरेको छ । अमेरिकी परियोजना मिलेनिनयम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) खारेज लगायत राष्ट्रिय हितका पक्षमा नागरिक अभियान संचालन गर्ने उद्देश्यले सो मोर्चा गठन गरिएको हो । यस्तै, अभियानको प्रवक्तामा नागरिक समाज पोखराका पूर्व संयोजक रामबहादुर पौडेललाई मनोनयन गरिएको छ । अभियान सदस्यमा विभिन्न क्षेत्रको प्रतिनिधित्व हुने गरी नरेन्द्रमान लालचन, नीरज थापा, शशी तुलाचन, गोविन्दबहादुर बस्नेत, पुष्प… पुरा पढौ

नेकपाकै नेताले मागे मन्त्रीहरुको सामूहिक राजीनामा

राष्ट्रियसभा सदस्य राम नारायण विडारीले बजेट खर्च गर्न नसक्ने मन्त्रीहरुले सामूहिक राजीनामा दिनुपर्ने तर्क गरेका छन् । विनियोजन विधेयक २०७७ मा मन्त्रालयगत शीर्षकहरुमाथि छलफलमा भाग लिँदै विडारीले असारमा बजेट पारित भइसके पनि साउनबाट फटाफाट काम नगर्ने मन्त्रीहरुले राजीनामा दिनुपर्ने विचार राखे । उनले भने, ‘चाँडै विकास निर्माणका बजेट ठिक समयमा खर्च होस् भनेर असारमा बजेट पास हुन्छ । अनी साउनबाट फटाफट काम गरे हुने नि । अनि मन्त्रीलाई काम गर्न… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं