जसपा सांसद सरिता गिरीलाई राज्य विरुद्धको कसुरमा कारबाही माग गर्दै जाहेरी परेको छ ।
अधिवक्तात्रय सन्तोष भण्डारी, सुजन नेपाल र नवराज पाण्डेले सांसद गिरीविरुछ महानगरीय प्रहरी परिसर टेकुमा जाहेरी दिएका हुन् ।
गिरीले संसद् बैठकमै नेपालले भारतलाई नसोधी नक्शा जारी गरेकाले त्यसको औचित्य नभएको बताएकी थिइन् । उनले नेपालको अवस्थालाई पाकिस्तानबाट वंगलादेशको विभाजनसँग तुलनासमेत गरेकी थिइन् ।
गिरीले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नक्सा संविधानको अनुसूची ३ अनुसारको निसान छापमा राख्न गरिएको संविधान संशोधन विधेयक खारेजीको मागसहित संशोधन दर्ता गराएकी थिइन् । उनको संशोधन प्रस्ताव सभामुख अग्निप्रसाद सापकोटाले अस्वीकार गरेका थिए ।




