file pix
सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक असार १० गते हुने भएको छ ।
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार भएको भेटले स्थायी कमिटी बैठकको मिति तय गरेको हो । पार्टीभित्र अमेरिकन सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लगायतका मुद्दामा विवाद छ ।
बारम्बार सचिवालय बैठक र स्थायी कमिटी बैठक आह्वान र स्थगतपछि भएको स्थायी कमिटी बैठकले एमसीसीको छिनोफानो गर्ने सम्भावना छ । एमसीसी सम्झौता कार्यान्वयनका लागि १६ असारभित्र संसद्बाट निर्णय गरिसक्नुपर्ने हुन्छ ।
यसअघि पहिला चैत २५ र वैशाख ३१ मा बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको थियो । नेकपाका २० स्थायी कमिटी सदस्यले वैशाख १० मै पार्टी अध्यक्षद्वयलाई पत्र लेखेर बैठक बोलाउन माग गरेका थिए ।




