‘राष्ट्रघाती एमसिसी चाहिँदैन’


पोखरा आइतबरा भएको शान्तिपूर्ण धर्नाका सहभागीले एमसिसी राष्ट्रघाती भएकाले यसको आवश्यकता नभएको औंल्याएका छन् ।

सङ्गम सांस्कृतिक मञ्च नेपालको अगुवाइमा पृथ्वीचोकमा उनीहरुले बिरोध स्वरुप शान्तिपूर्ण धर्नासमेत दिए । धर्नामा एमसिसी खारेर अभियान, संयुक्त देशभक्त मोर्चा, क्लेम द बोर्डर लगायतका संस्थाको संलग्नतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा सङ्गम सास्कृतिक मञ्चका कलाकारहरु रोशन लामा, आर्यन थापा, कमला श्रेष्ठ, सुरज उपाध्याय, बिकास लुङ्गेली, काजी गाउले, आदर्श मगरसहितको टोलीले स्ट्रगल रानाको शब्दमा रहेको गीत से नो एमसिसी सुनाए ।

उनीहरुले विकास लुङ्गेलीको शब्द, सङ्गितमा रहेको सहश्राब्दी चुनौति लगयताका गीतसमेत प्रस्तुत गरे ।

बाम बुद्धिजीवी रामराज रेग्मीले नेपाललाइ शक्ति राष्ट्रको फौजी अखडा हुनबाट जोगाउन एमसिसी सम्झौता खारेज गर्नका लागि दबाब सिर्जना गर्नुपर्नेमा जोड दिए । कोरोना कहरका कारण सामाजिक सन्जालमार्फत यस्ता कार्यक्रम गरिरहेकोमा उनले संगमलाई धन्यवाद दिए ।

रेग्मीले देशमा कुनै पनि हालतमा यो परियोजना ल्याउन दिन नहुने उल्लेख गरे । उनले भने, ‘यो नेपालको लागि आएको अनुदान होइन । नेपाल सरकारसङ्ग सम्झौता गरिरहेको छ, भारतका लागि आएको हो एमसिसी ।’ उनले अमेरिकाले अनुदानको नाटक मन्चन गरेर सारा एसिया नै घेर्ने रणनीति अख्तियार गरेको उनको आरोप छ ।

धर्नामा गण्डकी साहित्य सङ्गम, संयुक्त देशभक्त मोर्चा, प्रगतिशिल लेखक संघ, देशभक्त जनगणतान्त्रीक मोर्चा, इच्छुक सास्कृतिक प्रतिष्ठान, क्लेम द बोर्डर, साहित्य शृङ्खला पोखरा लगायतका संस्थामा आवद्ध पोखरेलीको सहभागिता थियो ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं