ओलीले क्षमायाचना गरी मलाई सम्मान गर्नुपर्छ : गौतम


नेकपा नेता वामदेव गौतमले महाकाली सन्धिकै कारण भारतले नेपाली भूमि मिचेको दाबी गरेका छन् । सन्धी गर्दा महाकालीको मुहान नै प्रष्ट नभएकाले अहिले भारतले लिम्पियाधुरा लिपुलेक र कालापानी मिचेको उनको तर्क छ ।

महाकाली सन्धि गर्न अघि सर्ने केपी शर्मा ओली अहिले सरकार र पार्टीको नेतृत्वमा भएकाले ओलीले क्षमायाचना गरी आफूलाई सम्मान गर्नुपर्ने तर्क उनले स्थायी समिति बैठकमा राखेका छन् ।

गौतमले भने,‘महाकाली सन्धिकै कारण पार्टी फुट्यो, हामीले भारतको हेपाइ र दमन खेप्न पर्‍यो । महाकाली सन्धि गर्न अघि सर्ने नेता नै अहिले पार्टी र सरकारको नेतृत्वमा हुनुहुन्छ, उहाँले क्षमायाचना गरेर मलाई सम्मान गर्नुपर्छ।’

नेकपा उपाध्यक्ष गौतमले विस २०५४ मा भएको महाकाली सन्धि गलत भएको फेरि पुष्टि भएको उल्लेख गरे । महाकाली सन्धि गलत छ भनेर विरोध गर्दा आफूमाथि कारबाही भएको सम्झिँदै उनले भारतसँग वार्ता र छलफलबाटै सीमा समस्या समाधान गर्नुपर्ने तर वार्ता गर्न नमाने दबेर बस्नु नहुने विचार राखेका छन् ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं