बुधबार देशभर ६ सय २९ नयाँ संक्रमित फेला परेका छन् । तीमध्ये महिला १ सय १० र पुरुष ५ सय १९ छन् ।
अब देशभर संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ । २४ घन्टामा १ सय २४ जना निको भएर डिस्चार्ज भएका छन् । हालसम्म २ हजार ३ सय ३८ जना डिस्चार्ज भएका छन् ।
बुधबार क्वारेन्टिनमा ७८ हजार ६ सय ३९ जना छन् भने आइसोलेसनमा ८ हजार ३ सय ६६ जनाको उपचार भइरहेको छ । बुधबार तनहुँमा ६ जना र स्याङ्जाबाट १० जना डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा जागेश्वर गौतमले टकुमा भएको परीक्षणमा पर्वतका १ महिला र १ पुरुषमा संक्रमण देखिएको बताए । भरतपुर अस्पताल प्रयोगशालामा तनहुँका १ पुरुष र नवलपरासी पूर्वका ३ महिलामा कोरोना देखिएको छ ।
हेडौडामा भएको परीक्षणमा नवलपरासी पूर्वका २ पुरुष र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालाको परीक्षणमा गोरखाका २ पुरुष र कास्कीका ४ पुरुषमा संक्रमण देखिएको छ ।
प्रदेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा बागलुङका ९ पुरुष, गोरखाका १ पुरुष र कास्कीका ३ महिला र २ पुरुष, लमजुङका १ महिला र ४ पुरुष, पर्वतका १ महिला स्याङ्जाका २ महिला र ५ पुरुषमा कोरोना पुष्टि भएको छ । बुधबारमात्र गण्डकी प्रदेशमा ४२ जना नयाँ संक्रमित फेला परेका छन् ।




